कपिलवस्तु २६ असार । कपिलवस्तुमा ३ अर्व ४६ करोड लागतमा ५ वटा खण्डवाट एकैसाथ निर्माण शुरु भएको हुलाकी सडकको क्षेत्राधिकारमा बनेका घर टहरा हटाउने क्रममा अवरोध पैदा भएपछि कपिलवस्तुमा भएको सर्बपक्षिय भेलाले बल प्रयोग गरेरै अवरोध हटाउने निर्णय गरेको छ । ५ वटा खण्डमा करिव ७ सय घर टहारा हटाउनु पर्नेमा ६ सय जति कपिलवस्तु नगरपालिका क्षेत्र मै रहेका छन् ।
हुलाकी राजमार्ग परियोजनाको कार्यलय मार्फत ठेक्का लागेर गत कार्तिकबाट निर्माण सुरु भएको केही दिनमै तौलिहवा ,महाराजगंज ,बहादुरगंज लगायतका क्षेत्रमा घर टहरा हटाउनु पर्नेमा उल्टै आन्दोलनको शुरुवात भएपछि अवरुद्ध बनेको थियो ।फागुनमा यस्तो समस्या देखापरेपछि काम रोकिएको थियो भने चैत्रवाट लकडाउन शुरु भएपछि काम अलपत्र परेको थियो । हुलाकी सडक अन्र्तगत पाँच सडक खण्ड तथा चारवटा ठूला पुल निर्माणका लागि कुल ३ अर्ब ४६ करोड २ लाखका सम्झौता भईसकेको छ । सबै काम २०७९ पुसभित्र सम्पन्न गर्ने समयावधी तोकिएको छ ।
हुलाकी राजमार्ग परियोजनाको ध्यानाकर्षण पश्चात जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको संयोजनमा संघिय र प्रदेश सांसद ,राजनैतिक दलका जिल्ला प्रमुख ,स्थानीय पालिकाका प्रमुख र ३वटै सुरक्षा निकायका प्रमुख सहभागि भेलाले जहा अवरोध त्यहा प्रशासनिक हस्तक्षेपको नीति अनुसार अवरोध हटाउने सर्ब सहमत निर्णय गरेको हो । हुलाकी सडक वनाउने जिल्लावासीको लामो सपना साकार हुने चरणमा गएका बेला जो जसले अवरोध गर्छ त्यसमाथि कानुनत सबै प्रकारका कारवाही गरेर भएपनि काम सूचारु गरिन्छ प्रजिअ पौडेलले प्रेसपाटीलाई भन्न्ु भयो । उहाले स्वम म आफै फिल्डमा खटिएर अवरोध भएका घर टहरा साउनको पहिलो हप्तावाट हटाउने सर्बदलिय सर्बपक्षिय म्यानडेट लिएको छु म संगै सबै दल सांसद र ३ वटै सुरक्षा निकायमा प्रमुख आवश्यकतानुसार खटिनु हुन्छ प्रजिअ पौडेलले स्पष्ट पार्नु भयो ।
हुलाकी आयोजना अन्तर्गत तौलिहवा–राजपुर सडक, राजपुर–बहादुरगंंज दत्तपुर सडक, दत्तपुर–तुरन्तपुर, खरेन्द्रपुर–शितलापुर– भिल्मी तथा जितपुर–तौलिहवा सडकको निर्माण सुरु भएको हो । अतिक्रमण हटाउन पटक पटक सूचना जारी गर्दा समेत कुनै प्रगति नभएपछि यो सर्बपक्षिय भेला डाकिएको थियो । सडकको चौडाई ठाउ अनुसार ११, १४ र १८ मिटरसम्म हुने गरी इष्टिमेट गरिएकोछ ।
हुलाकी सडक आयोजना कपिलवस्तुका प्रमुख ईश्वरबहादुर रिजालले सडक क्षेत्रको दाँयाबाँया गरी ३० मिटरभित्र अतिक्रणमा परेको सडक क्षेत्रको जग्गा खाली नहुँदा निर्मााण कार्य अघि बढ्न नसकेको जानकारी भेलामा दिनु भएको थियो । प्रतिबेदन प्रस्तुत गर्दै हुलाकी सडक निर्माण कार्य समय मै सम्पन्न गर्न सडकमा भएका अतिक्रमण हटाउन जरुरी रहेको वताउदै हुलाकी सडक आयोजना अन्र्तगत कपिलवस्तुमा पाँचवटा खण्डमा सडक निर्माण कार्य सुरु भएको आयोजना प्रमुख रिजालले स्पष्ट पार्नु भयो ।
सडक निर्माणका क्रममा घरबार विहीन भएकाहरुको ब्यवस्था सम्बन्धित पालिकाले गर्ने र सडक निर्माणका क्रममा ३० मिटर भन्दा बढी क्षेत्र लिनु परेका सम्बन्धित पालिकासँग समन्वय र छलफल गर्ने निर्णय भएको आयोजना प्रमुख रिजालको भनाइछ । सबै भन्दा बढी हुलाकी सकड अन्र्तगत तौलिहवाको जमुहार पुलको नहरदेखि छोटकी तौलिहवासम्म पर्ने क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरु बढी छन् ।यस्तै, महाराजगंजको गैडहवामा समेत स्थानीयको अवरोधले सडक निर्माण हुन सकेको छैन । सांसद बृजेशकुमार गुप्ताले सबैको साझा प्रयासले हुलाकी सडकको निर्माण कार्य अघि बढाउनु भन्नेमा साझा दृष्टिकोण बनेको औल्याउनु भयो ।सांसद अतहर कमालले सडक ऐन अनुसार निर्माण कार्यअघि बढाउनु पर्नेमा सहमति जुटेको बताउनु भयो । उहाले ७ सय जनाको लागि साढे ७ लाख जनतालाई फाईदा हुने कुरामा अब ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।
कांंग्रेस नेता दीपकुमार उपाध्यायले सडक निर्माण कार्यलाई जति सक्यो चाडो अघि बढाउनु पर्ने र घरबार गुम्नेलाई पालिकाहरुले हेर्नुपर्ने बताउनु भयो । नेकपाका अध्यक्ष झविलाल पोख्रेलले वर्तमान सरकारले राष्ट्रिय गौरवका आयोजनाको काम जुनसुकै अवस्थामा पनि सम्पादन गर्ने लक्ष्य लिएकाले हुलाकीमा हुने अवरोध असैहय हुने औल्याउनु भयो । प्रजिअको नेतृत्वमा सुरक्षा निकायले स्थलगत रुपमा समस्या सुल्झाउछ आवश्यक परे दलहरु साथमा खटछन् उहाले भन्नु भयो ।
प्रतिक्रिया