प्रदेश

अहिलेको परिस्थितिमा यातायात सञ्चालन गर्न सकिँदैनः व्यवसायी



काठमाडौं, २६ असार । सरकारले पूर्वतयारी बिना सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै यातायात व्यवसायीले यातायात नचलाउने बताएका छन् ।  सार्वजनिक यातायात केन्द्रीय महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले बताउनुभयो । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै उहाँले भन्नुभयो, “हामी गाडी चलाउँदैनौं, बरु सरकारलाई चाबी बुझाउँछौं ।”

        यातायात व्यवसायीले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यातायात मजदुर र आम यात्रुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्णतालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने र बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत विभिन्न माग गरेका छन् ।  

        महासङ्घका महासचिव भरत नेपालले यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले एकपक्षीय रुपमा गरेको निर्णय मान्य नहुने बताउनुभयो । (रासस)

प्रकाशित : २६ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६