ब्रेकिंग न्युज

चार जना फरार प्रतिवादी पक्राउ



दमौली, २७ असार । विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

        अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तनहुँ जिल्ला अदालतको विसं २०६९ असार ११ गते फैसलाअनुसार भुजेललाई दुई महिना १७ दिन र रिमाललाई दुई महिना २३ दिनको कैद फैसला भएको थियो । 

        पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ । यसैगरी ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ घर भई व्यास नगरपाालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र सोही ठाउँका २६ वर्षीय मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरुलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाद्वयविरुद्ध शुक्रबार जिल्ला अदालत तनहुुँँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

        गत जेठ ७ गते व्यास नगरपालिका–१३ बेलबासमा व्यास नगरपालिका–१ बस्ने २३ वर्षीय सुरज रानालाई मनोज परियारसमेतले ज्यान मार्ने उद्देश्यका साथ बाटो छेकी खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रानाको उपचार भइरहेको छ । (रासस)

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६