जीवनशैली

समग्र पत्रकारीताको नेतृत्व वाणगंगाबाट हुनु सुखद :उपमेयर अर्याल



कपिलवस्तु  २७ असार  समग्र पत्रकारीताको नेतृत्व वाणगंगाबाट हुनु नगरका लागि सुखद पक्ष रहेको बताउनु भएको छ । वाणगंगा नगरपालिकामा सञ्चालित क्रियासिल पत्रकारहरुका लागि सञ्चालित ३ दिने विकास पत्रकारीता  तालिमको समापन गर्दे नगरका उपमेयर चक्रपाणी अर्यालले यस्तो बताउनु भएको हो । खासगरी यतिबेला नेपल पत्रकार महासंघको नेतृत्व बाणगंगावाट हुनु एकमात्र दैनिक पत्रिका र टेलिभिजन बाणगंगावाटै संचालन हुनु ,नेपाल पत्रकार महासंघको भवन बाणगंगामा बन्नु जस्ता कारणले बाणगंगाले कपिलवस्तुको समग्र नेतृत्व गरेको पुष्टि भएकोहो । 


        उपमेयर अर्यालले संचार क्षेत्रको अझ सुदृढीकरणमा जोड दिदै कति पय कमि कमजोरी भएमा पुष्टि गरेर मात्र समाचार प्रसारण र प्रकाशन गर्नु पर्ने जनाउनु भयो । पत्रकारीताको मर्म वुझदै पत्रकारले काम गर्नु पर्ने उहाँको धारणा थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि महाकसंघले निरन्तर कार्यक्रमहरु गरिरहने बताउनु भयो । 

        पत्रकारहरु जिम्मेवार भएर कलम चलाउन आग्रह गर्दै  अध्यक्ष भुषालले तालिमलाई पुर्ण व्यवहारमा ल्याउन आग्रह गर्नु भयो । तालिममा पत्रकार महासंघका पुर्व अध्यक्ष  भेषराज पाण्डे ,वाणगंगा नगरपालिका सुचना अधिकारी केशव भट्राई , पत्रकार  यादव भुषालले प्रशिक्षण दिनु भएको थियो । वाणगंगा नगरको आयोजना एवं पत्रकार महासंघको समन्वयमा भएको तालिममा नगरभित्रका डेढदर्जन बढि  सक्रिय पत्रकारहरुको उत्साहजनक उपस्थिती रहेको महासंघका सदस्य मनिष कार्कीले बताउनु भयो । तालिम समापनको सहजिकरण संघका उपाध्यक्ष पार्वती पाण्डेले गर्नु भएको थियो । 

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६