कपिलवस्तु २७ असार । कपिलवस्तुमा अवरुद्ध बनेको हुलाकी सडक निर्माणमा तीब्रता दिन सदरमुकाम तौलिहवामा सडक अतिक्रमण गरी बसेकाहरुलाई अतिक्रमण हटाउन एक साताको सयम सिमा तोकिएको छ । हुलाकी सडक आयोजनाको आग्रहमा कपिलस्तु नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै हुलाकी सडकको कामलाई अघि बढाउन साउन २ गते भित्र अतिक्रमण हटाउन सयम सिमा दिईएको हो ।
साउन २ गतेबाट सडक निर्माण कार्य सुरु हुन लागेको भन्दै सडकको दाया र बाया पन्द्र पन्द्र मिटर भित्र पर्ने संरचना हटाउन पत्र, माईकिङ र एमएमबाट सुचना जारी गरिएको हो । तौलिहवाको जमुहरा टोल हुदै प्रशासन चोक– नयाटोल– हुदै भवानी भिक्षु चोेक सम्म संरचना हटाउन सुचना जारी गरिएको छ । कपिलस्तु नगरपालिकाका मेयर किरण सिंहले गत असार २५ गते प्रशासन कार्यालयमा भएको सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा हुलाकी सडक आयोजनाको आग्रह अनुसार अतिक्रमण हटाउन सुचना जारी गरिएको वताउनु भयो ।
हुलाकी सडक आयोजनाका जिल्ला प्रमुख ईश्वर बहादुर रिजालले सर्वपक्षीय निाणर््का आधारमा अतिक्रमण हटाई कामको सूरुवातकालागि सुचना जारी गरिएको वताउनु भयो । गत कार्तिक २९ गते नै कामको संझौता भए पनि अतिक्रमण नहट्दा निर्माण कार्र्य सुरु नै हुन सकेको छैन ।
प्रतिक्रिया