पर्यटन

लकडाउनवाट मुक्ति :लुम्बिनी मेट्रो सिटीका एसीबस संचालनमा



रुपन्देही २७ असार कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो ।

        प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभयो । बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिने लगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ । 

प्रकाशित : २७ असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६