ब्रेकिंग न्युज

कपिलवस्तुवासीलाई धोका :कोरोना परीक्षण ल्याव नबन्ने संकेत



कपिलवस्तु २८ असार कपिलवस्तुमा कोरोना परीक्षणकालागि निर्माण हुने ल्याव नवन्ने स्पष्ट संकेत देखा परेको छ । प्रदेश ५ सरकारले ल्याव स्थापना गर्न कपिलवस्तु र वाँकेकालागि ५०/५० लाख दिने घोषणा जेठको पहिलो हप्ता बसेको बैठकवाट गरेको थियो । तर आफैले  गरेको निर्णयमा प्रदेशले अहिले सम्म कुनै औपचारीक प्रकृया शुरु नगरेको पाइएको छ  । जिल्ला कोरोना विपद ब्यवस्थापन समन्वय समिती कपिलवस्तु(डिएमसीसी)का संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रदेश ५ सरकारवाट ल्याव स्थापनाकालागि गर्नु पर्ने निकासा नआएको वताउनु भयो ।उहाले प्रदेश सरकारले उच्च प्राथमिकता दिएर निकासा दिनु पथ्र्यो तर अहिले सम्म दिएको छैन भन्नु भयो । मैले मन्त्रालयमा औपचारीक रुपमा धेरै पटक पहल गरेको छु तर प्रगती भएको छैन उहाको भनाइछ । 

         प्रदेशले काम थाल्न लिखित निर्देशन समेत नदिएको कपिलवस्तु अस्पत्तालका मेसु डा.किशोर बन्जाडेले वताउनु भयो । जिल्ला अस्पत्तालका लागि कुनै पनि औपचारीक निकासा वा निर्देशन आएको छैन केहि आएको भए प्रमुख जिल्ला अधिकारीलाई नै थाहा होला उहाले भन्नु भयो ।यता प्रजिअ पौडेलले अहिले सम्म निकासा आएको छैन असार मसान्त आउनै  लाग्यो भन्दै सरकारले गरेको निर्णय कार्यान्वयनमा आउनु पर्ने औल्याउनु  भयो। 

        कुरो यति मात्र होइन ल्याव बनाउन कपिलवस्तुका १० वटै पालिकाले उपलब्ध गराउने भनिएको ६/६ लाख रकम पनि अहिले सम्म पालिकाले भुक्तानी दिएका छैनन् । जेठको दोश्रो साता कपिलवस्तुको तौलिहवामा कोरोना परीक्षण ल्याव बनाउने सहमति गरेका सबै पालिकाका प्रमुखले १ हप्ताभित्र जिल्ला अस्पत्ताल विकास समिति कपिलवस्तुको खातामा रकम पठाउने लिखित निर्णय गरेका थिए  । प्रजिअ पौडेलको संयोजनमा भएको बैठकपछि प्रजिअले १ हप्ता भित्र रकम जम्मा हुने वताउनु भएको थियो । तर अहिले करिव डेढ महिना हुन थालिसक्यो एउटा पनि पालिकाले रकम पठाएका छैनन् । पालिकाले ६० लाख रकम दिने प्रदेशको ५० लाख गरेर १ करोड १० लाखवाट काम थाल्ने सर्बसहमत निर्णय भएको थियो । 

        तपाई कै अध्यक्षतामा बसेको बैठकले १ हप्तामा रकम दाखिला गर्न पालिका प्रमुखहरु सहमत भएका थिए किन रकम जम्मा भएन त ? भन्ने प्रश्नमा प्रजिअ पौडेलले भन्नु भयो प्रदेशले पठाओस र हामी पनि पठाउला भन्नु भएको छ । प्रदेशले रकम नपठाउदा पालिकाले पनि ढिलाई गरे तर्क गर्नु भयो । यता बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले अहिले सम्म रकम पठाउनु परयो काम शुरु हुन थाल्यो भनेर कसैले भनेको छैन भन्दै काम हुन शुरु हुनासाथ निकासा दिने गरी नगर कार्यपालिकाले निर्णय गरी सकेको औल्याउनु भयो । 

        यी सबै पक्षको बिष्लेषण गर्दा प्रदेश ५ को विभागिय मन्त्रालय सामाजिक विकास मन्त्रालेयले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन नगरेपछि यो समस्या आएको हो । समस्या आएको मात्र छैन प्रदेशको मन्त्रालयको उपेक्षाले कपिलवस्तुमा कोरोना परीक्षण ल्याव नै स्थापना नहुने स्पष्ट संकेत मिलेको छ ।यो असार मसान्त भित्र रकम निकासा भएन भने ल्याव बनाउने मुद्धा विस्तारै सेलाउनेछ ।  यस्तो दुखद अवस्था कपिलवस्तुवासीका लागि सह्ैय हुनु हुदैन । 

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६