काठमाडौं, २८ असार । मृगौला प्रत्यारोपण कार्यमा अवैध ढंगले संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सकलाई पहरीले पक्राउ गरेको छ । चितवनको भरतपुरस्थित पूरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने बताइएको छ ।मिर्गौला प्रत्यारोपणमा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । मिर्गौला प्रत्यारोपणको काण्ड एक वर्षअघिको घटना हो ।
प्रतिक्रिया