विचार/ब्लग

इच्छा बकसपत्र र घरज्वाँइ ! लघुकथा



 ससुरालीको
सम्पत्ती प्रशस्तै थियो , ससुराका चार छोरी मात्र थिए , माइली छोरीको मसगँ
विवाह भएको थियो । मेरो घरमा वर्षौ देखि भाइहरुसगँ मन मिलेन , विचार पनि 
मिलेन भनेर भाइहरु मसगँ बाट अलग हुन पुगे । ठूलो सम्पत्तिमा खेलेको मान्छे ,
सम्पत्ति थोरै हुँदा मलाई पनि छट्पटी भयो ।अनि मैले सोचें कि  ससुरालीको
त्यत्रो सम्पत्ति छ ,उतै घर ज्वाइँ बस्न गए भने देखि सबै सम्पत्ती ससुराले
मेरै नाममा गरिदिनु हुनेछ भन्ने विचारले ससुरासगँ कुरा राखे । “हजुरलाई दुख
पर्दा हेरचाह गर्ने कोइ छैन , त्यसैले हजुरको हेरचाह र  लालन पालनको
निम्ति हामी यतै आएर घरज्वाइँ बस्दा कसो होला !”
      मेरो कुरा
सुनेर ससुराले भन्नुभयो कि ठिक छ तपाईका पनि भाइहरु छाडेर गएका छन क्यारे ,
मलाई पनि सहयोग मिल्छ , आउनुहोस ! सम्पत्ति ‘ इच्छा वकसपत्र ‘ जस्तै भयो ,
अनुकुल मौकामा बकस दिदैं गरौंला । ससुराको यो कुरा सुनेर म हर्षले गदगद
भएको थिए। त्यसदिन खुसिले हाम्रो घरमा एउटा कुखुराको  ज्यान पनि गएको थियो 
। अर्थात हामीले  मासु ल्याएर खाएका थियौं । यो कुरा सार्वजनिक भएपछी
गाउँघरमा हल्लाखल्ला भयो , फलानो त घरज्वाँइ बस्न जाने भयो  रे , ससुराको
त्यत्रो सम्पत्तिमा रजाइ गर्ने भयो  भाग्यमा त ल्याएकै रहेछ  भन्ने चर्चा
चल्यो । केही समयपछि आफुसगँ भएको सबै अचल सम्पत्ती बेचबिखन गरेर ससुराली घर
तिर लागियो । आफुसगँ भएको सबै सोलत्र ससुराको हातमा बुझाइ दिएको थिएँ ।
ससुराले त्यतिबेला मलाई  दुई वर्ष चुपचाप बस ज्वाइ साहेब, दुई वर्ष पछि बकस
पास गरिदिन्छु भन्नू भएको थियोे ।
           ससुराको विश्वासमा
दुई वर्ष खुशिका साथ ससुरालीमा बसे । जोश र जागरका साथ काममा सक्रिय रहे ।
दुई वर्ष पुग्यो , तीन वर्ष पनि पुग्न थाल्यो । छ महिना अगाडि एक पटक कुरा
झिकेको थिए , ससुरा झोक्किनु भयो ” तिमिलाइ के बेर भएको छ , छुचो व्यवहार
गर्न हुन्छ ! दिने भनेकै त छु नि !” त्यसपछि फेरि पछाडी  सरें । बढि बोलम
भने अरु ज्वाँइहरुलाइ पनि दिनि हुन कि भनेर बढी बोल्न सकिन , फेरि मनमनै
सोचें कि आफू बिरामी छन नसक्ने भए भने गरिदेलान कि भनेर केही महिना मन
थामेर बसे । तीन वर्ष पुग्न थायो , बकस दिने कुरा गर्यो कि रिसाही हाल्छन ।
बिच बिचमा अर्को ज्वाँइलाई पास  गरिदिन्छु भनेर पनि थर्काउन्छन । उनका
नजिककाहरुले” चित्त नबुझे अझै घर फर्केर बसे भयो क्यारे , अहिले बकस पास
गरिदिने बेला पनि छैन । उमेर ढलिसकेको पनि छैन । पास गरिदिने इच्छा पनि छैन
“पो भन्न थाले ।
            उतिबेला साडुहरुले कुरा बिगार्लान
की भनेर कसैलाई  सहमतिमा राखिन , अहिले कोहि बोल्दैनन । भित्र भित्र बल्ल
जाती भयो भनेका होलान कि ! इनको यो ब्यवहार यस्तो छ भन्नी थाहा भएन ,
ससुरालीको सम्पत्तिमा मोज गरिन्छ भनेर घर ज्वाइँ बस्न आएको बिल्लिपाठ होला
जस्तो छ । फर्केर जाउँ , घर समेत बेचेर नगद पनि इनैलाइ बुझाइ सके। बुढा
कमजोर होलान कि भनेको झनपछी झन तन्नेरी बन्दै गएका छन । स्याउका जस्तै
पोटिला गाला देखिन थालेका छन । इनले दिन्छन भन्ने विश्वास हराइसक्यो । तर
अब कसो गरु ! कहाँ जाउँ ! चिन्तैचिन्ताले रातहरु बित्न थालेका छन ।
तिनवर्षको अनुभवबाट थाहा पाए कि इच्छा  बकसपत्रको आधारमा घर ज्वाइँ बस्ने
कुरा राम्रो हुदों रहेनछ । “यो घटना राजनीतिमा मा कतै मेल खान गएमा संयोग
मात्र हुनेछ ।”

प्रकाशित : २८ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६