कपिलवस्तु २९ असार । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आईतवार गोरुसिंगेमा सम्पन्न सातौ नगर सभाबाट ९५ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । गत असार १० गते नीति तथा कार्यक्रम पास गरेको नगरपालिकाले पुर्वाधार,स्वास्थ्य, शिक्षा र रोजागरलाई जोड दिदै सो बजेट स्विकृत गरेको हो । उप प्रमुख मीरा चौधरीले पेश गरेको बजेट सभाले स्विकत गरेको छ । बजेट मध्ये ५८ दशमलव ८ प्रतिशत भौतिक पुर्वाधारमा छुट्याइएको छ ।
आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकास तर्फ १० दशमवल नौ प्रतिशत, वन तथा वातावरण तर्फ ५ दशमलव ४, पारिश्रमिक तथा कार्यालय संचालनमा २० दशमलव ६, संस्थागत विकास तथा मानव संसाधन तर्फ शुन्य दशमलव २ प्रतिशत बजेट बिनियोजन गरिएको मेयर केशव कुमार श्रेष्ठले बताउनुभयो । मेयर श्रेष्ठले कोरोना भाईरसका कारण जारी लकडाउनले चालु आर्थिक बर्षमा बिकास निर्माणको काम प्रभावित भएको बताउनुभया । उहाँले आगामी आर्थिक बर्ष पूर्वधार विकास, स्वास्थय, शिक्षा र रोजागरीलाई बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताउनुभयो ।
प्रतिक्रिया