कपिलवस्तु , २९ असार २०७७
कपिलवस्तुको
तौलिहवा र अर्घाखाँचीको सन्धीखर्कमा कर दाता सेवा कार्यालय स्थापना भएको छ
। आन्तरिक राजस्व कार्यालय कृष्णनगरको माता हातमा सञ्चालन हुने यी
कार्यालय साउन देखी सञ्चालनमा आउने छन् । राजस्व कार्यालयले सञ्चालन तयारी
गरे पनि विभागले कर्मचारी नपटाउँदा कसरी सञ्चालन भन्ने अन्योल वनेको छ ।
यस अघि यी दुई जिल्लाको काम राजस्व कार्यालय कृष्णनगरमा भई रहेको थियो ।
सेवाग्राहीको चाप अत्यधिक थियो । सेवा विस्तार भए पछि दुवै जिल्लाका
करदातालाई सजिलो हुने भएको छ ।
‘सेवा सञ्चालनको लागी आतुर रहेका छौँ ।
तर विभागले कर्मचारीको व्यवस्थापनको हुन केही ढिला हुन सक्ने जनाएको छ ।
करारका कर्मचारीबाट सञ्चालन गर्न विभागसँग अनुमति मागे पनि राख्न नमिल्ने
बताइएको छ । थप भएका दुई कार्यालयबाट सेवा दिन सकिने अवस्था छैन । जेनतेन १
कार्यालय सञ्चालन गर्न सकिन्छ । कर्मचारीको सङ्ख्या कम हुँदा वैकल्पिक
व्यवस्था गर्न समेत सहज छैन ।’ आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख
पूर्ण प्रसाद न्यौपानेले बताउनु भयो ।
सेवा कार्यालयमा ६ जनाको दरबन्दी
हुने व्यवस्था रहेको छ । कर अधिकृत प्रमुख हुने गरी २ जना नायव सुब्बा , १
जना कम्प्युटर अपरेटर १ जना सवारी चालक र २ सहयोगी हुन्छन् । दुई
कार्यालयका लागी १२ जना कर्मचारी आवश्यक पर्छन् । तर राजस्व कार्यालय
कृष्णनगरमा १३ कर्मचारीबाट सेवा प्रदान गरिएको छ । कार्यालयमा ५ जना
अधिकृत, ३ नायव सुब्बा २ सवारी चालक ,३ जना कार्यालय सहयोगी रहेका छन् ।
सन्धिखर्कमा
स्थापना भएको कार्यालयले अर्घाखाँची जिल्ला र तौलिहवाको कार्यालयले
बुद्धभुमी नगरपालिका , कपिलवस्तु. नगरपालिका, बाणंगगा नगरपालिका, यशोधरा
गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका हेर्ने कर अधिकृत
पीताम्बर खनालले बताउनु भयो । यता करदाता सेवा कार्यालय स्थापना भए पछि
सेवाग्राही खुसी भएका छन् । कर तिर्नकै लागी पाँच घण्टाको यात्रा बाट मुक्त
भएका छौँ । भिडभाड मुक्त भई काम गर्न सजिलो हुने सन्धिखर्क का व्यवसायी
कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।
प्रतिक्रिया