अर्थ-वाणिज्य

बाढी पहिरो : ८५को मृत्यू ,४६ बेपत्ता ५० घाइते



पाल्पा २९ असार  । पछिल्लो एक महिनामा नेपालमा बाढी, पहिरो र डुवानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार जेठ ३१ गतेदेखि असार २९ गतेसम्म भएका बाढी, पहिरो र डुवानका घटनामा १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । यस क्रममा ५० जना घाइते भएका छन् भने १३४ घर क्षति भएको छ । सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । असार २६ गतेको पहिरोले म्याग्दीमा २८ जनाको मृत्यु, ४ जना बेपत्ता र १२ जना घाइते भएका छन् । 

        पहिरोका कारण ३७ घर प्रभावित भएको छ । प्राधिकरणका अधिकारीले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो जानकारी दिएको हो । अन्य जिल्लामा पनि मृत्यु, वेपत्ता र क्षती भएको जनाएको छ । बाढी र पहिरोका कारण पछिल्लो एक हप्तामा बढी क्षति भएको छ । अत्यधिक वर्षा भएका कारण जनधनको क्षति बढी भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनु भयो । 

       यता सिद्धार्थ राजमार्गअन्तरगत बुटवल तानसेन सडक खण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दोभानको प्रहरी चौकीनजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक नै ढाकिने गरी पहिरो खसेको प्रहरीले जनाएको छ । सो सडकखण्डमा गुड्ने गाडी अलपत्र परेका छन ्। पहिरो हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६