एजेन्सी, ३० असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट १ करोड ३२ लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । वल्डोमिटर्सको तथ्याङ्क अनुसार मंगलबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३२ लाख ३४ हजार ६८६ संक्रमित भएका छन् । १ लाख ९५ हजार ८५७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित संक्रमितहरु हुन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ७३१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार ४६६ पुगेको छ । विश्वभर ७६ लाख ९५ हजार ९२१ जनाले कोरोना संक्रमण जितेका छन् ।
कोरोना कारण एसियाली देशहरुमा ७१ हजार ४५३ जनाको मृत्यु भएको छ । ३० लाख १५ हजार ४९ जना संक्रमित भएकोमा २० लाख ९६ हजार १९ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ८६ हजार ६१७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४० लाख ७० हजार ४१४ पुगेको छ । त्यसमध्ये १८ लाख ७६ हजार ९१० जना निको भएका छन् ।
युरोपियन देशहरूमा १ लाख ९६ हजार ८२२ जनाको मृत्यु भएको छ । २५ लाख ८६ हजार ५८६ जना संक्रमित भएकोमा १५ लाख १७ हजार ६०६ जना निको भएका छन् । दक्षिण अमेरिकी देशहरूमा १ लाख ६ हजार ४४० जनाको मृत्यु भएको छ । २९ लाख ३० हजार ८६६ जना संक्रमित भएकोमा १८ लाख ८५ हजार ४१ जना निको भएका छन् ।
ओसिनियाका देशहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ६४४ जना संक्रमित भएकोमा ९ हजार ३७२ जना निको भएका छन् । अफ्रिकी देशहरूमा १३ हजार ५०४ जनाको ज्यान गएको छ भने ६ लाख १४ हजार ४१२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ५ हजार ८५२ जना निको भएका छन् ।
प्रतिक्रिया