प्यूठान, ३० असार । प्यूठानका गाउँगाउँमा फेरि शत्रुजीव सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।
लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठानका किसानहरु बताउँछन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।
प्रतिक्रिया