जीवनशैली

आइशोलेशनमा ६ हजार ७ सय ,१० हजार ३ सय डिस्चार्ज



काठमाडौं ३० असारमंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा संक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना रहेका छन् । त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३र३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २र२ जना संक्रमित भेटिएका छन् ।

       झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १र१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो । विगत २४ घण्टामा  कोरोना संक्रमण निको भएर ३४ जना डिस्चार्ज भएका छन् । हाल ६ हजार ६ सय ९५ जना संक्रमित आइसोलेनसनमा रहेका छन् । डिस्चार्ज हुनेको कुल संख्या १० हजार ३ सय २८ पुगेको छ, कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६