लुम्बिनी

तौलिहवा र सन्धिखर्कमा करदाता सेवा कार्यालय, कर्मचारीको टुङ्गो छैन



चन्द्रौटा, ३० असार । कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीको सन्धिखर्कमा करदाता सेवा कार्यालय स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय कृष्णनगरको मातहातमा  कार्यालय सञ्चालनको अन्तिम तयारी भएको छ  । सन्धिखर्कमा स्थापित कार्यालयले अर्घाखाँची र तौलिहवाको कार्यालयले बुद्धभूमि, कपिलवस्तु र  बाणगङ्गा नगरपालिका तथा यशोधरा र शुद्धोधन गाउँपालिका क्षेत्रका नागरिकलाई सहज हुने विश्वास गरिएको  छ । यी दुई जिल्लाको काम राजस्व कार्यालय कृष्णनगरमा भइरहेको थियो । सेवाग्राहीको चाप अत्यधिक रहेकामा सेवा विस्तार भएपछि दुवै जिल्लाका करदातालाई सजिलो हुने भएको छ ।

        राजस्व कार्यालयले सञ्चालन तयारी गरे पनि विभागले कर्मचारी नपठाउँदा समस्या देखिएको आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । “सेवा सञ्चालनका लागि आतुर छौँ तर विभागले कर्मचारीको व्यवस्थापन हुन केही ढिला हुन सक्ने जनाएको छ”, न्यौपानेले भन्नुभयो, “कार्यालय सञ्चालनको तयारी भए पनि कर्मचारी नहुँदा अन्योल छ ,करारका कर्मचारीबाट सेवा प्रवाहमा समेत समस्या छ ।”

        सेवा कार्यालयमा ६ जनाको दरबन्दी हुने व्यवस्था  छ । कर अधिकृत प्रमुख हुने गरी दुई नायब सुब्बा, एकएक कम्प्युटर अपरेटर र  सवारी चालक तथा दुई सहयोगी हुन्छन् । दुई कार्यालयका लागि १२  कर्मचारी आवश्यक पर्छन् ।  राजस्व कार्यालय कृष्णनगरमा भने १३ कर्मचारीबाट सेवा प्रदान गरिएको छ । कार्यालयमा पाँच अधिकृत, तीन नासु,  दुई सवारी चालक र तीन कार्यालय सहयोगी छन् ।–रासस

प्रकाशित : ३० असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६