सुर्खेत, ३० असार । कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरडिटी र पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई कोरोना देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।
त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । प्रदेशसभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारमा कोरोनाको त्रास बढेको छ ।
प्रतिक्रिया