लुम्बिनी, ३० असार । लुम्बिनी विकास कोषले एक कार्यक्रमका बीच लुम्बिनी वरिपरिका विद्यालय एवं मदरसाहरुलाई डेस्क र बेन्च हस्तान्तरण गरेको छ । ३०० सेट डेस्क बेन्च विभिन्न शैक्षिक संस्थाहरुलाई हस्तान्तरण गरेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते मेत्तेय शाक्यपुत्त अवधेष कुमार त्रिपाठीले विद्यालयहरुलाई डेस्क बेन्च हस्तान्तरण गर्नुभएको हो । कोषले शिक्षाको क्षेत्रमा पनि योगदान गर्न शैक्षिक संस्थामा डेस्क बेन्च हस्तान्तरण गरेको भन्ते मेत्तेयले बताउनुभयो ।
समृद्ध लुम्बिनीका लागि लुम्बिनी वरिपरि क्षेत्रको पनि विकास हुनुपर्ने र कोषको सहयोगले बालबालिका लाभान्वित होउन भनेर शैक्षिक संस्थालाई डेस्क बेच्न हस्तान्तरण गरिएको कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताउनुभयो । ज्ञवालीले स्थानीय विद्यालयका छात्राहरुलाई हरेक वर्ष मायादेवी छात्रवृत्ति, विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, शैक्षिक संस्थाहरुलाई कम्प्युटर लगायतका शैक्षिक सामग्री वितरण गर्दै आएको बताउनुभयो ।
कोषका निमित्त सदस्य सचिव ज्ञानिन राइले स्थानीय विद्यालयहरुको विकासमा कोषले थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आगामी दिनमा पनि शैक्षिक क्षेत्रको विकासमा कोषले सहयोगको निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा राम जानकी आधारभुत विद्यालय, मायादेवी प्राथमिक विद्यालय, मदरसा अरबिया सिराजुल उलूम अल–सलफिया, मदरसा अनवारुल उलूम, मदरसा जामिया फैजुल इस्लाम अल–सलफिया, मदरसा अरबिया इब्ने कैइम अल जौजिया, मदरसा इसलामिया समसुल ओलूम, मदरसा अनवारुल वलूम, अलमदरसतूल अरबिया शमसुल वलूम, श्री खुदावागर आदर्श कलेज, मर्कजुतालीम वछावह अल इसलामिया, मदरसा दारुत्तौहीद, तेनुहवा मा।वि, आमा मा.वि., बुद्ध आदर्श मा.वि., कर्महवा मा.वि.,मधुवनी मा.वि.। लुम्बिनी, रामनरेश यादव आदर्श माध्यमिक विद्यालय धकधई र रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय कपिलवस्तुलाई डेस्क बेन्च हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया