एजेन्सी, ३१ असार । एसियामै पहिलो र विश्वमै कोरोना संक्रमित सूचीमा रहेको भारतमा कोरोना कहर बढ्दै गएको छ । त्यहाँ एकैदिन २९ हजार ८४२ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित छन् । भारतमा ६ दिनमा करिव २ लाख संक्रमित देखिएको भारतमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको संख्या ९ लाख ३७ हजार ४८७ पुगेको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो ६ दिनमा मात्रै १ लाख ९३ हजार ९८६ जना संक्रमित भएका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमणले २४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८८ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतकको संख्या २४ हजार ३१५ पुगेको छ । संक्रमितमध्ये ५ लाख ९३ हजार ८० जना निको भएका छन् भने ३ लाख २० हजार ९२ जनाको उपचार भइरहेको छ । पछिल्लो एक हप्ता यता भारतमा कोरोना संक्रमितको संख्या अस्वाभाविक तवरले बढेको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त व्यक्त गरेका छन् ।
प्रतिक्रिया