एजेन्सी, ३१ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् । चीनविरूद्ध लिएका कडा नीतिअन्तरगत ट्रम्पले पछिल्लो कदम चालेको बीबीसीले जनाएको छ । हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् ।
वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्याइने धारणा व्यक्त गरे । ट्रम्पले भने ‘हङकङलाई अब मुख्यभूमि चीनझैँ व्यवहार गरिनेछ,’ अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन। ट्रम्पले हङकङमा मानव अधिकार हनन् गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमासमेत हस्ताक्षर गरेको बताए । हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।
प्रतिक्रिया