ब्रेकिंग न्युज

सुस्मिता हत्या काण्डः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



हेटौँडा, ३१ असार । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ की सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका परिवारका चार सदस्यहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ ।

        जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले  बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । हत्यामा संलग्न रहेकी आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनभुयो ।

        गत असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, नन्द सीता र आमाजु दुर्गालाई चितवनस्थित कारागारमा राखिने बताइएको छ । बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा–सासुलगायतको नातेदारले उक्त रकम आफूले कुम्लाउने उद्देश्यले बुहारीको षडयन्त्रपूर्वक हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरी सकेका छन् ।

        बाणगंगा कपिलवस्तु स्थित मृतक सुस्मिता थापाका माइतीले छोरीकै घरपरिवारले नै हत्या गरेको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी असार १५ गते सार्वजनिक गर्दै सुक्ष्म अनुसन्धान थालेको थियो ।

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६