प्रदेश

कोरोना कहर घट्दै : हरेक घण्टामा २९ जना निको हुँदै



काठमाडौँ ३१ असार मुलुकमा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।यता नेपालमा थप ६ सय ९७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।यो विवरण अनुसार प्रति घण्टा २९ जना निको भएको अवस्था हो ।  पछिल्लो २४ घन्टामा मुलुकभरबाट ६ सय ९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो । यो सँगै डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ 

      नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले मृत्युको औपचारिक रुपमा पुष्टि गर्नु भएको हो । रौतहटका परवा नगरपालिका वडा ७ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । प्रवक्ता डा गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगन्जमा आईसीयूमा उपचारका क्रममा बुधबार मृत्यु भएको वताउनु भयो । बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

प्रकाशित : ३१ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६