घोराही ३१ असार ।ज्यान मार्ने धम्की दिँदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ वर्षीय भास्कर वली र १९ वर्षीय केवल वली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहकाअनुसार उनीहरुले बबई गाउँपलिका वडा नं. ५ हापुरे बजार निवासी २६ वर्षीय ललित गौतमको परिवारबाट उक्त चन्दा रकम माग गर्दै त्यो नदिए ज्यान लिने धम्की दिँदै आएका थिए । पक्राउ परेका विरुद्ध दाङ देउखुरी जिल्ला अदालतबाट मंगलबार दश दिने म्याद थप गरि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ ।
३१ असार २०७७, बुधबार
प्रतिक्रिया