सिरहा, ३१ असार । सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित आज अपरान्ह अख्तियारले नियन्त्रणमा लिएको छ । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएको र अख्तियार टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा सन्तकुमार मण्डल र जितेन्द्र महतोलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । थप अनुसन्धानका लागि दुवै जनालाई आयोगको कार्यालय वर्दिवास लगिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया