एजेन्सी, १ साउन । विश्वमा तेस्रो र एसियामै सबैभन्दा बढी कोरोना संक्रमित भएको भारतमा एकै दिन कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएकोछ । अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो संख्या भारतमा एकै दिनमा पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।
भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना निको भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितहरु ह्वात्तै बढ्दै गएको भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया