कपिलवस्तु १ साउन । कोभिड महामारीक बीच पनि बन क्षेत्रको राजश्व खासै नघटेको पाइएको छ । जिल्ला बन कार्यालय कपिलवस्तुको गत बर्षको तुलनामा राजश्व सङ्कलनमा थेरै कमी आएको छ । गत आर्थिक बर्ष ७५/७६ करिब १२ करोड बढि राजश्व संकलन गर्न सफल भएको बन कार्यालयले आर्थिक बर्ष २०७६ /७७ मा ११ करोड ३४ लाख बढि मात्र राजश्व सकंलन गर्न सफल भएको हो । डिभिजन बन कार्यालय तौलिहवा कपिलवस्तुका सहायक बन अधिकृत मदन मोहन शाण्डिल्यका अनुसार आर्थिक बर्ष २०७६ /७७ मा ९ करोड ३८ लाख २२ हजार ९ सय मात्र राजश्व सकंलन गर्न सकेको बताउनुभयो ।
यता गौतम बुद्ध डिभिजन बन कार्यालयले १ करोड ९३ लाख ९० हजार ९ सय ४५ रुपैया राजश्व संकलन गर्न सफल भएको छ । गौतम बुद्ध डिभिजन कार्यालयले गत बर्षको तुलनामा बढि राजश्व संकलन गर्न सफल भएको सहायक बन कार्यालय अधिकतृ गणेश चौधरीले जानकारी दिनु भयो । त्यसैगरि बन अपराध मुद्दाहरुबाट २ लाख १० हजार ९ सय ६८ रुपैया राजश्व संकलन भएको छ । उहाका अनुसार डिभिजन अन्तगर्त रहेका सामुदायिक बन ,साझेदारी बन र सररकारद्धरा ब्यवस्थित बनबाट निकाशी पैठारी भएका काठ दाउरा तथा जडीबुटीबाट उक्त राजश्व संकलन गरेको हो ।
यता जिल्ला बन कार्यालय कपिलवस्तु डिभिजन बन अधिकृत ईश्वरी प्रसाद पौडेलले दिएको जानकारी अनुसार बनरोयल्टी मार्फत ७ करोड २६ लाख ८४ हजार ,अन्य सेवा शुल्क र बिक्री वितरणबाट १ करोड ५३ लाख ६० हजार ,धरौटी सदस्याहाबाट ३६ लाख ९२ हजार ,बेरुजुबाट १ लाख १८ हजार सहित बिभिन्न राजश्वका शिषकहरुबाट राजश्व संकलन भएको हो । बन कार्यलयले सामुदायीक बनमा कटान हुने काठको १५ प्रतिशत र साझेदारी बनको ४० प्रतिशत आम्दानी राजश्वमा जम्मा गर्ने प्रावधान रहेको छ । सिसौं र सालको मुख्य जङ्गलको रुपम रहेको कपिलवस्तुबाट बिभिन्न जातका जडीबुटी बाहिर जिल्ला निकाशी हुने गरेको छ । सामुदायीक बन र साझेदारी बन नै राजश्व संकलनका मुख्य क्षेत्र रहेको बन कार्यलयको भनाई छ ।
लाखौ बिरुवा उत्पादन :
डिभिजन बन कार्यालय कपिलवस्तुले यबर्ष प्रदेश सरकारको बन तथा उद्योग पर्यटन मन्त्रालय र संघिय सरकारको शशर्त अनुदान गरि ६५ लाखको बिरुवा उत्पादन र खरिद गरेको छ । जस अन्तर्गत २ लाख ३३ हजार ४ सय ७० संख्यामा जडिबुटी ,फलफूलकाका बिरुवा उत्पादन र खरिद गरिएको हो । यसबाहेक बन तथा भूसंरक्षणको अनुदानमा समेत बिरुवा उत्पादन गरि वितरण गरिएको छ । २५ लाख ५५ हजारको बजेटमा ४ लाख ३२ हजार ५ सय बिरुवा उत्पादन भएको सहायक अधिकृत शौण्डिल्यले बताउनुभयो ।
यस्तै डिभिजन गौतम बुद्ध बन कार्यालयले डिभिजन अन्र्तगतका ३ वटा साझेदारी वन ब्यवस्थापन समूहले २ लाख ७५ हजार गोटा बिरुवा उत्पादन गरेर वितरण कार्य श्रावण पहिलो हप्ताबाट शुरुवात गर्ने लक्ष्य लिएको छ । यस्तै डिभिजन वन कार्यालय अन्र्तगतको ३ वटा नर्सरीमा २ लाख ९७ हजार ५ सय गोटा तथा २ वटा निजी वन नर्सरीलाई अनुदान उपलब्ध २० हजार गोटा गरी ३ लाख १५ हजार ५ सय गोटा बिरुवा उत्पादन गरिएको सहायक बन अधिकृत चौधरीले बताउनुभयो ।स्थानियस्तरमा बिरुवाको माग र आपूर्तिको अवस्थालाई मध्यनजर गर्दै बिरुवा उत्पादन गरिएको हो ।
प्रतिक्रिया