अर्थ-वाणिज्य

कोभिड १९ ले थलिएको पर्यटकिय क्षेत्र जगदिशपुर बिस्तारै चलयमान हुँदै



कपिलवस्तु १ साउन । विश्व सिमसार सूचीमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताल  कोरोना कहर र लकडाउनका  कारण सुनसान बन्दै गएकोमा बिस्तारै चलायमान हुन थलेको छ ।  पर्यटकको मन हवात्तै तानेको ताल कोभिड १९ का कारण धेरै समय सुनसान बनेको थियो  । प्रदेश न ५सरकारले पनि पहिलो आफ्नो नीति तथा कार्यक्रममा जगदीशपुर तालको पर्यटकीय सौन्दरीकरण र स्तररोन्नतीको बिषय उच्च प्राथमिकतामा राख्दै बजेट छुट्याउन थालेसंगै पर्यटकको  आकर्षण बढेको हो  ।  फलस्वरुप ताल अवलोकन र डुंगा सयर तर्फ क्रमश पर्यटक बढ्दै गएका छन् । कोरोना भाईरसको संक्रमण बढे सँगै चैतको शुरुवाँतीबाट  पर्यटकहरुको आवत जावत बन्द भएसँगै ताल सुनसान बनेको थियो  । 

            प्राकृतिक हिसावले अत्यन्तै आकर्षक र मनमोहक यो तालको विकासमा यहाका सरोकारवाला निकाय पनि पछिल्लो समय चासो देखाउन थालेका थिए । वाणगंगा सिंचाइ योजना अन्तर्गत कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यअनुरूप मानव निर्मित यो ताल १५७ हेक्टरमा फैलिएको छ ।किसानलाई सिंचाइ सुविधा समेत दिँदै आएको जगदीशपुर ताललाई आगामी दिनमा थप व्यवस्थित गर्न सके पर्यटन विकासका अतिरिक्त स्थानीय स्तरमा विकास र रोजगारीको प्रचुर सम्भावना रहेको स्थानीयको भनाइ छ । ताललाई हरियाली क्षेत्रका रूपमा विकास गर्न र चरा आकर्षित हुने रूख लगाउने देखी लिएर ताल बरिपरिको सडक मर्मत सम्भारको काम यतिबेला भैरहेको छ । ताल संरक्षणका लागि अहिले प्रहरीले अस्थायी चौकी  समेत राखेर परिचालित भएको छ ।

प्रदेश सरकारकै प्राथमिकतामा परेको तालमा डुङ्गा सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको थियो । लकडाउनकै कारण मानिसहरु नआएपछि ताल सुनसान भएको स्थानिय बिन्दु पौडेलले बताउनु भयो । मानव निर्मित ठुलो तालहरू मध्यको जगदिपुर ताल एक हो । यो ताल कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० क्षेत्रमा फैलिएको छ ।

 तालको प्रचारप्रसार र घुम्न आउने पर्यटकको बसाई लम्ब्याउन वडाले नगरपालिका र प्रदेश सरकारसँग वजेटकालागि पहल गर्दै आएको वडा नं. ९ अध्यक्ष शिवबहादुर वाग्लेले बताउनु भयो  । जगदिशपुर ताल महत्पुर्ण ऐतिहासिक ताल भएकोले यसतर्फ वडाले पनि पर्यटन विकासका लागि करिब ६ लाख बजेट बिनियोजन गरेको उहाँले बताउनु भयो । उहाँले अगाडि भन्नु भयो , “कोभिड १९ का कारण ताल सुनसान   बनेको छ , परिस्थिती सामान्य बने पछि सबै कुराको विकास राम्रो हुने छ । ”

पर्यटकको आशमा होमस्टे :

पहिलो पटक थारू समुदायले जगदीशपुरमा होमस्टे सेवा सञ्चालन गरेका थिए । गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदीशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको थियो कोरोना भाइरसका कारण सबै सुनसान बनेको छ । पर्यटकको आशमा रहेको होमस्टेकी थारु महिला सर्मिला थारु बताउनु हुन्छ  । ताल नजिकै रहेको जगदीशपुर गाउँमा २ दर्जन घरमा होमस्टे सेवा संचालित छ । जगदीशपुर जलाशय होमस्टे सेवाको शुरूवाँत गरिएको जगदिपुर जलशाय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले बताउनुभयो ।

        सन् २००३ मा विश्व सिमसार सूचीमा सूचीकृत भएको तालनेपालको महत्वपूर्ण चरा क्षेत्र मध्येको एक क्षेत्र जगदीशपुर ताल हो।सन् २००३ मा नेपाल सरकारको पहलमा अन्तराष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा सूचीकृत भएको तालमा असौज देखि फागुन सम्म साइवेरीयन  चराहरु आउने गर्छन । तालमा साइबेरिया, रूस, चीन, मंगोलिया, तुर्किमिनिस्थान र कीर्गिस्तान लगायतका देशबाट चराहरू आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ती देशहरूमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन ।जस मध्ये सबैभन्दा वढी चरा आउने जगदिशपुर ताल हो । 

भ्यूटावर र पदयात्रा मार्ग :

        जगदिशपुर तालको सम्बद्र्धन एबम सहज रुपमा तालको अबलोकनका लागि २ करोड लागतमा वहुउदेश्यीय भ्यू टावरको निर्माण हुने छ ।  तालमा पहिले नै१३ लाखको लागतमा एक भ्यू टावर निर्माण भैसकेको छ । जगदिपुर जलशाय बहुसरोकार मञ्चका सदस्य सुन्दर पाण्डेका अनुसार निर्माण भैरहेको अर्को भ्यू टावर पहिलेको भ्यू टावरको तुलनामा निकै अग्लो र ठूलो हुने छ  । पर्यटन बिभाग बोर्डबाट ३ करोड १० लाखको लागतमा तालमा पदयात्रा मार्ग निर्माणको काम ७५ प्रतिशत सकिएको छ । यस्तै आगामी दिनको रणनितिमा जिल्ला डिभिजन बन कार्यालयको सहकार्यमा पञ्चबर्षिय कार्ययोजना तयार हुदै  गरेको वहुसरोकार मञ्चका अध्यक्ष गुरुङको  भनाई छ  । 

बहुक्षेत्रगत लगानी परिचालित :

        पर्यटन बिभाग अन्तर्गतको पर्यटन बोर्डबाट ३ करोड ११ लाखको लागतमा तालमा पदयात्रा मार्ग निर्माण हुनु ,प्रदेश सरकारको २ करोडको लागतमा बहुउदेश्यीय भ्यूटावर लगायतका काम यस वर्ष शुरु भएका हुन ।जगदिशपुर ताल आसपासकै निगालीकोटलाई नेपाल सरकारले उत्कृष्ट १०० पर्यटकीय गन्तब्यमा सूचीकृत गर्नुले तालको विकास र प्रवद्र्धनकालागि बहुक्षेत्रगत लगानी परिचालित हुन थाल्नुले यस क्षेत्रको द्रुत विकास हुदै गएकोमा कोभिडले पर्यटकिय क्षेत्रलाई ठुलो असर पुगेको  छ । 

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६