क्वारेनटाइन चलेका विद्यालयका घरमा काम लाग्ने सामान चोरी ।
कपिलवस्तु
१ साउन २०७७
कोरोना संक्रमितको उपचारका लागी आइसोलेसन सञ्चालन भएको विद्यालयमा चोरी भएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं. १ मा रहेको जानकी मा.बी.को कार्यालय, कक्षाकोठा र विज्ञान प्रयोगशालाबाट सामान चोरी भएको हो । कोठाका लगाएको ताला फोडिएको छ । समानहरूमा क्षति समेत पुराइएको छ । कोरोना संक्रमितले विद्यालयका सामाग्री चोरी गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीले बताए ।
नगरपालिकाका धेरै विद्यालयका सामाग्री चोरी र क्षति भएको छ । विद्यालयमा क्वारेनटाइन सञ्चालन हुँदा तोडफोड गरी लगिएको छ । घरमा प्रयोग हुन सक्ने खालमा सामाग्री चोरेर लगेका छन् । काम नलाग्ने सामानमा क्षति पुराई छाडिएको शिक्षा शाखा प्रमुख राम सुन्दर मालीले बताए ।
जानकी माविको विज्ञान ल्याबमा रहेको माईक्रोस्कोप १ थान , टेलिस्कोप ४ थान, जियो बक्स २ थान , बि पि सेट लगायतका सामाग्री चोरी भएको छ । कक्षामा झुन्डाइका १६ थान सिलिङ समेत हराएको छ । कक्षा १ देखी ५ मा रहेका शैक्षिक सामाग्री छैनन् । कार्यालय र कक्षामा लगाएका ताला फोडेर सामाग्री तोडफोड समेत भएको छ । १८० थान काठका डेस्क बेन्चमा क्षति भएको छ । झ्याल र सिसा समेत तोडफोड भएको छ । कार्यालय भित्र रहेका ३ दराज फोडेर समान लथालिङ्ग पारेर छाडिएको छ ।
आइसोलेसन खाली भएको १ हप्ता पछि सेनिटाईज गरी विद्यालय प्रवेश गर्दा सामाग्री हराएको थाहा भएको थियो । कोरोना संक्रमित भित्र भएको वेला समान हराएको र तोडफोड भएको छ । विद्यालय भित्र प्रवेश गर्ने ढोकामा ताला लगाई उनीहरूलाई भित्र राखिने गरिएको थियो । उनीहरू डिस्चार्ज हुने वेलामा आफूले प्रयोग गरेको बिस्तारा प्याक गरेर लाने गरेकोले बिस्तारा भित्र लुकाएर लगेको हुन सक्ने स्थानीय अभिशेख यादवले बताए ।
यता विद्यालय प्रशासनले असार ७ गते नगरपालिकामा लिखित जानकारी गराए पनि चासो दिएको छैन । क्षतिको मूल्याङ्कन गर्न समेत नआएको विद्यालयको गुनासो रहेको छ । इलाका प्रहरी कार्यालय महाराजगन्जमा लिखित जानकारी गराए पनि चासो नदिएको आरोप लगाइएको छ । इप्रका चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलका अनुसार कसले चोरेको हो भन्ने अनुसन्धान पछि थाहा हुने बताए ।
प्रतिक्रिया