कपिलवस्तु २ साउन । साढे ३ अर्व बढी लगानीम निर्माण शुरु भएको हुलाकी सडकलाई अवरोध पुराउने कार्यका विरुद्ध कपिलवस्तु सदरमुकाम तौलिहवा अवको २४ घण्टापछि फायर खुल्नेछ । फायर खुल्नेको अर्थ प्रशासनले आवश्यक परे बल प्रयोग गरेर भएपनि घर पसल भत्काउने छ ।फायर खुल्ने शिर्षकमा समाचर लेखेर तौलिहवा नगरवासीलाई आतंकित गराउन खोजिएको होइन तर अवश्य पनि सडक निर्माणमा अवरोध भएमा त्यो सम्मको स्थिती सहजै आउने पूर्व तयारी छ भन्ने स्पष्ट पार्न चाहि खोजिएको हो ।
यसकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले एकहप्ता अघि सार्वजनिक सूचना गरेर साउन २ भित्र घरपसल हटाई सक्न नगरवसीमा अनुरोध गर्नु भएकोछ । उहाले कोहीपनि ब्यक्ति साच्चै घरवार विहिन हुन पुगेमा बसोवासको ब्यवस्था नगरपालिकाले मिलाउने प्रतिवद्धता जनाउनु भएको छ । यसरी सदरमुकाम तौलिहवावाट हुलाकी निर्माणको अवरोध हटाउने काम अघि वढ्ने भएको छ। यो काममा मेयर सिंहले कानुनी एक्सन लिनु भएको छ । यसमा प्रशासनिक प्रोटेक्सन कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पाण्डेको छ। करिव १० दिन अघि सर्बदलिय र सर्ब पक्षिय बैठक राखेर प्रजिअ पौडेलले सर्बसम्मत रुपमा हुलाकीमा भएको अवरोध हटाउने , नियमानुसारको क्षेतिपूर्ति दिलाउने , आवश्यक परे जस्तो सुकै कदम चाल्ने निर्णय गराई सक्नु भएको छ।
प्रजिअ पौडेलले हुलाकीको अवरोध हटाउन आफूले नै प्रत्यक्ष नेतृत्व स्थलगत रुपमा गर्ने र आवश्यकता अनुसार सबै सुरक्षा निकाय परिचालित हुने सर्वदलिय बैठकमा स्पष्ट पार्नु भएको छ । यसमा सबैको सहमति छ । प्रजिअ पौडेलले प्रेसपाटीसंग भन्नु भयो सबैदल र नागरिक अगुवाले तपाई जस्ते सुकै कठोर कदम चलेर भएपनि हुलकी बनाउन लाग्नोस हामी साथमा छैं भन्नु भएको छ । यता मेयर किरण सिंहहले अतिक्रण हटाउने क्रममा सबै जग्गा गुमाउने परिवारलाई नगरपालिकाले ५ धुर जग्गा उपलब्ध गराउने घोषणा गरि सक्नु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत साउन ३ गतेबाट निर्माण सुरु हुने भन्दै २ गते भित्र अतिक्रमण हटाउन सयमसिमा दिइएको छ । मेयर सिंहले हुलाकी मधेसको मुख्य मेरुदण्ड हो भन्दै सडकको स्तरउन्नती जति सक्दो चाडो सम्पन्न गर्न साथ दिन नगरवासीमा अपिल गर्दै एक धुर जग्गा पनि नबच्नेले यही साउन १५ गते भित्र नगरपालिकामा निबेदन दिन आग्रह गरेको प्रेसपाटीलाई जानकारी दिनु भयो ।सडक ऐन २०३१ अनुसार सडकको दायाँबायाँ पन्ध्र मिटर सडक क्षेत्र पर्ने भएकाले जति सक्दो चाडो खाली गर्न सूचना प्रकासित भएको छ । गत कार्तिकमा सडक निर्माणको सम्झौता भई सकेको र सयय मै सडक निर्माण गर्नु पनै भएकोले सबैको सहमतिमा सडक अतिक्रमण हटाउने निर्णय भएको उहाको भनाइछ ।
तौलिहवाको मुहरा फेर्न र विकासको गतिलाई अघि बढाउन यो तौलिहवा क्षेत्रको सडक फराकिलो वनाउन २०७२ सालमा प्रशासन कार्यालयको अगुवाईमा समेत सडक अतिक्रमण हटाउने कार्य अघि बढाईएको थियो ।तर समाजसेवि कालिपद शर्माको नेतृत्वमा एक समिति बनाएर भएको आन्दोलनका सामु प्रशासनले कडा कदम चाल्न सकेन र अलपत्र रहयो । यतिबेला भने मेयर सिंह एक्सनमा प्रजिअ एक्सनको प्रोटेक्सनमा उत्रिएपछि अव भने हुलाकी बन्ने निश्चित छ








प्रतिक्रिया