शिक्षा

सिकाई केन्द्र मार्फत टोल टोलमा शिक्षक पुग्दै । रेडियो शिक्षा जिल्ला भरी ।



शिवराज नगरपालिकामा दैनिक ३ घण्टा विद्यालय सञ्चालन ।

कपिलवस्तु
२ साउन २०७७
कपिलवस्तुमा
कोरोनाको कारण लामो समय देखी रोकिएको पढाई वैकल्पिक माध्यमबाट सञ्चालन
आएको छ । जिल्लामा केही स्थानियतहले सिकाई केन्द्र सञ्चालन गरी गरेका छन्
भने रेडियो शिक्षा मार्फत जिल्ला भरी पढाई सञ्चालन गरिएको छ । कक्षा ४ देखी
माथिल्लो तहका बालबालिकालाई लक्षित गरी सिकाई सहजीकरण सञ्चालन भएको शिक्षा
विकास तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरेले बताए । नेपाल पत्रकार
महासंघ कपिलवस्तु शाखाको अगुवाइ तथा शिक्षा विकास तथा समन्वय इकाई र
स्थानीय सरकारको संयोजनका स्थानीय रेडियोबाट प्रसारण गरिएको छ । कालिका
स्वावलम्बन सामाजिक केन्द्र र युनिसेफले रेडियो शिक्षाका लागी सहयोग गरेका
छन् ।

बाणगंगा नगरपालिकाले आफ्नै खर्चमा रेडियो शिक्षा सञ्चालन गरेको छ
। नगरपालिकाका ४ रेडियो र एक टेलिभिजनबाट दैनिक रुपका कक्षा सञ्चालन
गरिएको छ । यता रेडियो शिक्षा सुरु भए पछि यशोधरा गाउँपालिकाको अनि रुद्र
पब्लिक माध्यमिक विद्यालयले रेडियो वितरण गरेको छ । बाल बालिकाको समूह बनाई
एक सुमहलाई १ रेडियो प्रदान गरेको छ । रेडियो कक्षा सुरु भएपछि शिक्षकहरू
ती समूहमा पुगी सहजीकरण गर्ने गरेको विद्यालयका प्रधानाध्यापक राम सेवक
यादवले बताए ।


दैनिक ३ घण्टा विद्यालयमा सिकाई सहजीकरण ।

शिवराज
नगरपालिकाले दैनिक ३ घण्टा विद्यालय सञ्चालन गरेको छ । विद्यालयमा एक दिन
एउटा कक्षाका बालबालिका राखी सिकाई सहजीकरण गरिएको छ । समूह बनाई अलग अलग
सामाजिक दुरी कायम गरी एक ब्रेन्चमा एक जना बसी कक्षा सञ्चालन भएको छ ।
मास्क प्रयोग अनिवार्य गरिएको छ । हात धुनको लागी साबुन र पानीको
व्यवस्थापन विद्यालयले गरेको छ ।


बुद्धभुमी नगरपालिकाका विद्यालयले
सिकाई केन्द्र तोकेर टोल टोलमा पुगी सहजीकरण गरेको छ । सामुदायिक भवन, निजी
विद्यालय, सामुदायिक विद्यालयलाई केन्द्र तोकिएको छ । पायक पर्ने
केन्द्रमा बिहान १० बजे देखी १ बजे सम्म वैकल्पिक शिक्षा मार्फत सिकाई सुरु
गरिएको बुद्धभुमी नगरपालिका शिक्षा शाखाका कर्मचारी नसरुद्धिन चौधरीले
बताए । केही विद्यालयले भने घरघरमा पुगेर बाल बालिकालाई सहयोग गरेका छन् ।
शुद्धोदन गाउँपालिकाले प्रश्न सेट तयार गरी बाल बालिकालाई वितरण गरेको छ ।
गाउँमा रहेका शिक्षक मार्फत १२ दिने कार्य बालबालिकालाई दिई सहजीकरण समेत
गर्ने व्यवस्था गरेको छ ।


प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६