अर्थ-वाणिज्य

सामाजिक विकासमा लुम्विनी साझेदारी वनको भुमिका



कपिलवस्तु २ साउन ।

लुम्विनी साझेदारी वन कञ्चन रुपन्देहीले सामाजिक विकास तर्फ  सिचाईको लागी बजेट विनियोजन गरेको छ । वनले साविकका १६ वटा गाविसलाई ४ ् ४  लाख कृर्षि सिचाईको लागी छुट्टाएको ब्यवस्थापन समितीका अध्यक्ष  जविउल्लाह खाँले वताउनु भयो । “ हामीले ं सम्झौता गर्छौ ,सम्झौता अनुसार उपभोक्ताले उपभोक्ता  समिती बनाएर काम गर्छन  अध्यक्ष खाँ ले भन्नुभयो ।  त्यस्तै वनले प्रत्येक वर्ष १ लाख २५ हजार विरुवा विभिन्न स्थानमा रहेका १० वटा नर्सरीलाई उपलव्ध गराउँर्दै आएको छ ।

वनले विधालय तर्फ प्रत्येक बर्ष छात्रावृति वितरण समेत गर्दै आएको छ । “साविकको एक गाविसबाट एक बिधालय छनौट गरि १६ वटा विधालयको समितीले गरिब जेहेन्दार बिधार्थी छनौट गरि प्रत्येक विधालयका १२ जना छात्रछात्रालाई शैक्षिक सामाग्री दिदैँ आएको अध्यक्ष खाँले प्रेसपाटी सगं बताउनुभयो ।


वनले हालका सैनामैना ,लुम्विनी सास्कृतिक नगरपालिका , कञ्चन  र गैडहवा ,मायादेवि र कोटीइमाई लगायतका ६ पालीकाको  २५ हजार ९ सय ३४ घरधुरीका १ लाख ६५ हजार १ सय ५७ जनसंख्या वनका उपभोक्ता रहेका छन् । वनको उत्पादनका रुपमा काठ दाउरा र घासपातले स्थानीय आश्रित उपभोक्तालाई  दैनिक उपभोगमा  सहजता थपेको अध्यक्ष खाँको भनाइ छ ।
 

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६