काठमाडौं २ साउन। बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७७\७८ को मौद्रिक नीतिले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको थियो ।गभर्नर अधिकारीले आर्थिक वर्ष २०७७\०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनले बताए । आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत गभर्नर अधिकारीले जानकारी दिए ।
२ श्रावण २०७७, शुक्रबार
प्रतिक्रिया