ब्रेकिंग न्युज

कपिलवस्तु प्रहरीको जिल्ला भरी कोरोना सचेतना कार्यक्रम



कपिलबस्तु २ साउन
कोभिड १९ को जोखिम र त्यसबाट बच्न नागरिक स्तरको भुमिकाका लागि कपिलवस्तु प्रहरीले सचेतना मुलक कार्यक्रम गरेको छ । जिल्लाका प्रमुख ब्यापारीक केन्द्रहरुमा कोरोना बिरुद्ध सचेतना ¥याली  सम्पन्न गरेको छ ।
जिल्ला सदरमुकाम तौलिहवा, बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका विजयनगर गाँउपालिकामा कार्यक्रम गरेको छ ।
ईलाका प्रहरी  कार्यालय पिपरा  कपिलवस्तुले आज शुक्रबार कोरोना सचेतना ल्यााली निकालेको हो  । प्रहरी युनिटहरुमा कार्यरत सुरक्षाकर्मीको सहभागितामा उक्र्त याली निकालिएको थियो  । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन बाणगंगा नगरपालिका ७ घेरवा वनगाईमा  इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल पिपराको नेतृत्वमा सचेतनासहितर्को याली निकालिएको थियो ।



कोरोनाको जोखिम अझै कायमै रहेकाले सुरक्षाका लागि अनिवार्य मास्क र सेनिटाईजरको प्रयोग नै उत्तम उपाय रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसिले बताउनुभएको छ । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष डिलाराम भु्सालले कोरोना सँग जुध्न र कोरोनाको जोखिमका विषयमा नागरिक स्तरमा कपिलवस्तुका संचार माध्यमहरुले महत्वपुर्ण भुमिका खेलको बताउनुभएको थियो ।
यसै गरी ईलाका प्रहरी कार्यालय गोरुसिंगेले गोरुसिंगे बजारमा सचेतना मुलक ¥याली सम्पन्न गरेको छ । बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण रानाले सम्वोदन गर्नु भएको थियो ।


कृष्णनगर
इलाका प्रहरी कार्यालय बहादुरगंज र इलाका प्रहरी कार्यालय कृष्णनगरले कोरोना सचेतना र्याली निकालेको छ ।
इलाका
प्रहरी कार्यालय बहादुरगंजबाट
सुरु भएको र्यालीले आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत
भएको थियो । र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर
हुदै कृष्णनगर बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो l लक डाउन
खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न
नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले
बताउनु भएको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६