कपिलवस्तु ३ साउन । संघ र प्रदेश सरकारबाट बिकास निर्माणका लागि कपिलवस्तु जिल्लामा गत आवमा बिनियोजन भएको बजेट निराशजनक रुपमा खर्च भएको छ । जिल्लामा पछिल्ला बर्षहरुको तथ्याङक हेर्दा औसतमा ८० प्रतिशत भन्दा बढि विकास बजेट खर्च भएको छ ।तर यसबर्ष भने कोरोनाका कारण मुलक भरमै लकडाउन भएपश्चात बिकास निर्माणका काम प्रभावित हुदा संघको ५५ प्रतिशत र प्रदेशको ७७ प्रतिशत मात्र खर्च हुन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख शिब प्रसाद चौधरीले बताउनु भयो ।
समयमै बजेट खर्च हुन नसक्दा यसबर्षको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको हो ।कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार जिल्लाको विकास निर्माणकालागि विनियोजित बजेट मध्ये सङ्घीय सरकारको ५५प्रतिशत र प्रदेश सरकारको ७७ प्रतिशत मात्र खर्च भएको छ ।आर्थिक वर्ष २०७५/०७६ संगै यस अघिका आर्थिक बर्षहरुमा सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये ८० प्रतिशतभन्दा बढि खर्च भएको थियो ।
कार्यालयका प्रमुख चौधरीका अनुसार आर्थिक बर्ष २०७६/०७७मा सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये रु ६३ करोड ६६ लाख मात्रखर्च भएको छ । जसमा कूल विनियोजित बजेट रु १अर्ब १५ करोड ३९लाख रहेको थियो ।यो ५५ प्रतिशत मात्र खर्च हो । यस्तै चालु खर्च तर्फ ७अर्ब ३३ करोड २९ बजेट खर्च भएको छ । जसमा कुल बिनियोजित बजेट ७अर्ब ५५ करोड २१ लाख रहेको थियो । जस अन्तगर्त ७७ प्रतिशत बजेट खर्च भएको हो । यसरी हेर्दा संघिय सरकारबाट आएको बजेटमा चालुतर्फ प्रभाबकारी रुपमा बजेट खर्च भएको पाईएको छ भने पुजिगँत अर्थात बिकासे बजेटका आयोजनाहरुमा कोरोनाले ठूलो धक्का दिएको छ । जसले गर्दा बजेट सोचे अनुरुप खर्च हुन सकेको छैन । यो बर्ष महत्वपूर्ण योजना भित्र सडक पूर्बाधार संगै शिक्षा क्षेत्र पहिलो प्राथमिकतामा परेका थिए ।
यस्तै प्रदेश सरकारले जिल्लाको विकासका लागि रु १अर्ब ८० करोड ६ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये १ अर्ब ३८ करोड ४३लाख मात्र खर्च भएको छ । जुन विनियोजित बजेटको ७६ दशमलव८८ प्रतिशत हुन आउँछ । यसैगरि चालु तर्फ प्रदेश सरकारबाट ९६ करोड १८ लाख बजेट बिनियोजन भएको थियो । जसमा ७१ करोड ६७ लाखमात्र खर्च भएको छ । जुन बिनियोजित बजेटको ७४ दशमलब ५२ प्रतिशत हुन आउछ । यसरी प्रदेश सरकारबाट जिल्लाकालागि पुजिगँत र चालु तर्फ आएको बजेट र भएको खर्चको अवस्था संघिय सरकारको तुलनामा राम्रो भएको पाईएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुखका अनुसार धेरै कामहुने समयमा कोरोनाको प्रभाव परेको थियो । ठूला आयोजनाले समेत कामलाई तीव्र बनाउन नसक्नु, नेपालमा समय सकिन लाग्दाकाम गर्ने परिपाटीका कारणसमेत विकासका काम हुन नसकेको प्रमुख चौधरीको भनाई छ । विकास निर्माणको बजेट खर्च हुननसक्नु चिन्ताजनक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया