कपिलवस्तु ३ साउन। तौलिहवामा सडक अतिक्रमण गरि बनाइएका ५ सय ८३ संरचना भत्काउन शुरु भएको छ। अतिक्रमण हटाउने निर्णयलाई चुनौती दिदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा दर्ता गरिएको रिट निवेदनका आधारमा अदालतले तत्काल घरपसल नभत्काउन र साउन १२ मा छलफलकालागि आउन भनेको समाचार आएपनि भत्काउने काम रोकिएन ।स्थानीय कालिपद शर्मा र रोहित उपाध्यायले रीट दर्ता गर्नु भएको थियो ।
कपिलवस्तु नगरपालिका र हुलाकी सडक आयोजनालाई अदालतले काम अघि नवढाउन भनेको समाचार आएपनि अदालतले लिखित आदेश नपठाएपछि नगरभित्र सडक संरचना भत्काउने काम शुरु भएको हो ।कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले अदालतले दिने आदेश निसर्त पालना हुने वताउदै आउदै नआएको आदेशका पछि लागेर काम रोक्न त भएन नि भन्ने प्रतिकृया दिनु भयो । जहिले आदेश आउछ त्यसपछि अदालतले भने अनुसार हुन्छ पत्रपत्रिका र रेडियोले भन्दैमा नगरले पत्याउन सक्ने अवस्था भएन उहाले प्रष्टाउनु भयो ।
यता हुलाकी सडक निर्माणकालागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न दिइएको एकहप्ताको सयमसिमा सकिएपछि शनिवारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो । हुलाकी सडकका कर्मचारी, दुबैतर्फका प्रहरी सहीतको टोलीले २ वटा डोजर प्रयोग गरी अतिक्रमण खाली गराईएका हुन ।
गत असार २५ गते प्रशासन कार्यालयमा सर्वपक्षीय निर्णय भएपछि बाटो निर्माणमा तीब्रता दिनकालागि सडक अतिक्रमण खाली गराउने निणर््ाय भएको थियो । हुलाकी राजमार्ग अन्तर्गत तौलिहवाको जमुहारपुल देखि छोटकी तौलिहवा सम्म अतिक्रमित क्षेत्र हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवस्तुका प्रमुख ईश्वर बहादुर रिजालले प्रेसपाटीलाई जानकारी दिनु भयो ।
खासगरी शनिवार सरकारी कार्यालयले सडक अतिक्रमण गरि बनाएका संरचना हटाउन सुरु गरिएको हो । जमुहार देखि छोटकी तौलिहवा सम्ममा पर्ने जिल्ला समन्वय समिति, कपिलस्तु नगरपालिका, नेपाल टेलिकम, नेपाल बाल संगठन ,तौलेश्वरनाथ संस्कृत उमाबि, भवन र पर्खालमा डोजर लगाएर भत्काईएको छ । यस्तै सरकारी वकील कार्यालय कार्यलय अघि बाटोमा निर्माण गरिएको प्रतिक्षालय, खानेपानी कार्यालय सहीत २ वटा बिद्यालयका पर्खाहरु समेत हटाईएका छन ।
यस्तै बहादुरगंज जाने सडक देखि भिक्षु चोक सम्म पर्ने यशोधरा माबि र रत्न राज्य माबिले अतिक्रमण गरी बनाईएएका केही संरचनाा समेत भत्काईका छन । अतिक्रमण हटाउने कार्यको सूरुवात सरकारी कार्यालयबाट गरेका छौ अब निजी संरचनाहरु समेत भत्काउछौ आयोजना प्रमुख रिजालले भन्नु भयो ।
अतिक्रमण खाली गर्ने सुचना जारी गरिए पछि अहिले जमुहार टोल, बैक रोड नयाटोल, आनन्दबाग लगायतमा धमाधम आफैले अतिक्रमण हटाउने क्रममा नगरवासीहरु नै लागेका छन् । कपिलस्तु नगरपालिका अनुसार जमुहार देखि भिक्षु चोक सम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्र भित्र परेका छन् । हुलाकी सडक आयोजनाका प्रमुख रिजालका अनुसार हुलाकी सडक अन्तर्गत ५ सडक खण्ड तथा चार वटा पुल निर्माणकालागि कुल ३ अर्व ४६ करोड २ लाखमा संझौता भएर काम अघि बढेको हो । सबै काम २०७९ पुस भित्र सम्पन्न गर्नु पर्ने समायवधी तोकिएको छ ।
प्रतिक्रिया