बरवा, ३ साउन । लायन्स क्लब अफ कपिलवस्तुको नयाँ कार्य समितिले शनिबार पदभार ग्रहण गरेका छन् । वाणगंगा स्थित मायादेवी रिसोर्टमा सम्पन्न कार्यक्रममा नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।
निवर्तमान अध्यक्ष कुमार खड्काले वर्तमान अध्यक्ष सुरेन्द्र घिमिरेलाई पदभार हस्तान्तरण गर्नुभएको हो । खड्काले पदभार हस्तान्तरण गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । पदभार ग्रहण गर्नुभएका अध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा लायन्स क्लब मार्फत सामाजिक कामलाई बढाउँदै लैजानुका साथै आफ्नै कार्यकालमा यस क्षेत्रका जनताको स्वास्थ्यमा विशेष महत्व दिँदै जनमुखी कार्य एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नुभयो ।
त्यस्तै क्लबको जोन चेयर पर्सनमा कृष्ण बहादुर खत्री, आइ पी पीमा कुमार खड्का, प्रथम उपाध्यक्षमा धातानन्द भुसाल, द्वितीय उपाध्यक्षमा केशव सापकोटा, तृतीय उपाध्यक्षमा राम बहादुर क्षेत्री, सचिवमा राम सुभागे थारु, कोषाध्यक्षमा सागर घिमिरे लगायत रहनु भएको छ ।
कार्यक्रममा १ लाख १ हजार ७ सय ७७ अक्षयकोष राशीको शिव तुलसा लायन्स छात्रवृत्ति वितरण प्रदान गरिएको थियो । क्लबका संस्थापक अध्यक्ष कृष्ण के.सी.ले आगामी दिनमा जिल्लामा थप नमुना कार्यहरु गर्ने आफूले विश्वास लिएको बताउनुभयो । के.सी.ले छोटो समयमै क्लबले धेरै काम गर्न सफल भएको र आगामी दिनमा झनै उत्कृष्ट कार्य गर्न शुभेच्छा व्यक्त गर्नुभयो ।
यसैबीच शनिबार नै लायन्स क्लव अफ कपिलवस्तु दिदीविहिनी गठन गरिएको छ । जसको अध्यक्षमा लक्ष्मी गैरे निर्वाचित हुनुभएको छ। कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर, शम्भु नर्कमी, बिशिष्ठ अथिति लायन भाइस डिजी राम प्रसाद भट्ट, लायन्स क्लव रुपन्देहीका चार्टर प्रेसिडेन्ट तथा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई, जिल्लाका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्शन कृष्ण केसी लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया