अर्थ-वाणिज्य

गुल्मीमा आयो पिसिआर , एकताको जग खन्ने छुट छैन : मन्त्री ज्ञवाली



गुल्मी ३ साउन । नेकपा भित्र आन्तरीक विवाद समाधान नभएको भएपनि परारष्ट्र मन्त्री  प्रदीप कुमार ज्ञवालीले शनिबार कोरोना परिक्षण गर्ने पिसिआर मेसिन लिएर गुल्मी पुग्नु भएको छ । उहाले रेसुंगा नगरपालिकालाई उक्त मेसिन हस्तान्तरण गर्नु भएको हो । ज्ञवाली  हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आउनु भएको हो ।  उहाले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गर्दै   हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको  जानकारी दिनु भयो ।

        संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्टले सो अवसरमा जानकारी दिनु भयो ।  यता  मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिति नभएको भन्दै स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको दावि गर्नु भयो ।  विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा खराब स्थिति अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिनु भयो  ।

        ‘अहिले मेसिनको खर्चको कुरा नगरौ, मानव जीवनभन्दा खर्च ठुलो होइन,’–उहाले भन्नु भयो –‘सबैको सहयोगमा तुरुन्त ल्याव सञ्चालन गर्नुपर्‍यो ।’परराष्ट्र मन्त्री  ज्ञवालीले भारतसंग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको औल्याउदै सिमानाको बिषयमा आफुहरुले असल छिमेकीका नाताले दुई÷दुई पटक कुटनैतिक पहल र आग्रह गरेपनि भारतले नटेरेको आरोप लगाउनु भयो ।

    गुल्मी आएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा पार्टी कार्यालयमा नेकपा नेता कार्यकर्तालाई संबोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने दावि गर्नु भयो ।नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने घर नै ध्वस्त हुने वताउनु भयो । ज्ञवालीले कोरोना क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिनु भयो  । ‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,–उहाले भन्नु भयो –‘आग्रह र उत्तेजनामा आएर एकताको जगमा प्रहार भत्काउन पाइदैन ।’

प्रकाशित : ३ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६