बरवा, ३ साउन । स्थापनाकाल देखिनै सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिनेस कपिलवस्तु शाखाको आयोजनामा बाणगंगा ८ स्थित मधुवन धाममा करिब १०० वटा विभिन्न बिरुवा रोपन कार्यक्रम सम्पन्न भएको छ । विशेष गरि वन बिनाश र कार्यक्रममा प्रमुख अतिथि बाणगंगा न.पा. वडा ८ का वडा अध्यक्ष गुणानिधि भुसालले कार्यक्रमा बोल्दै युवाहरुको स्वतस्फूर्त देश र समाज प्रतीको योगदान उदाहरणी रहेको र सक्रियता देखेर समाजमा राम्रो सन्देश जाने , देशबिकासमा पनि ठुलो सहयोग हुने र आगामी दिनमा पनि मेरो लगायत वडाबाट पनि साथ र सहयोग पुग्ने धारणा राख्नु भयो ।
आगामी दिनहरुमा पनि यश संस्थाले यस्तै किसिमका कार्यहरु गर्ने र समाजमा योगदान गर्ने अध्यक्ष निर्मल शर्माले बताउनुभयो सिर्खन्ड, अर्जुन,कपुर ,बेल, सेतो शिरीष,राजबृक्ष,आँप,लिची,अमला,सफेदा,बेल जस्तै करिब १०० वटा बिरुवा मधुवन धाममा रोपिएको हो ।
हेल्प फर ह्याप्पिनेसका अध्यक्ष निर्मल शर्माको अध्यक्षता, वडा नंं ८ का वडाअध्यक्ष गुणानिधि भुसालको प्रमुख आतिथ्यता, व्यक्तित्व मेघनाथ पौडेलको विशिष्ठ आतिथ्यता, युवा नेता तिलक थापा, नेविसंघका नेता चन्द्रकान्त पोख्रेल लगायतको आतिथ्यता, हेल्प फर ह्याप्पिनेस कपिलवस्तुका अध्यक्ष निर्मल शर्माको स्वागत मन्तब्य तथा यस संस्थाका सचीव सुशान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया