चन्द्रौटा,३ असार
रोटरी क्लब अफ कपिलवस्तुले एक कार्यक्रमकाबीच पद हस्तान्तरण गरेको छ । जिल्लाको चन्द्रौटामा आयोजित एक कार्यक्रमबीच २०१९⁄२० का अध्यक्ष ज्ञानु प्रसाद पोख्रेलले २०२०⁄२१ का अध्यक्ष विष्णु प्रसाद भट्टराईलाई पदभार हस्तारण गर्नुभएको हो । पद हस्तान्तरण गर्दै पोख्रेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउनुभयो । एक वर्षको अवधिमा रोटरीले कोराना सचेतना अभियान,नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान लगाएतका रोटरीले छनोट गरेका कामहरु सम्पन्न गरेको बताउनुभयो ।
पोख्रेलले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रोटरी क्लवले विश्वमै सामाजिक कार्यमा अग्रपंक्तिमा रहेको बताउँदै विश्वमै पोलियो उन्मुलनमा रोटरीको योगदान उच्च रहेको बताउनुभयो । केसीले रोटरीले स्थानिय सरकार सँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उँचो राख्न सुझाव दिनुभयो । कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारी नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा रोटरीसँगै हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । नगरका नागरिकहरुमा लागेको प्रत्येक चोटमा रोटरीले मलम लगाएको स्मरण गर्दै आगामि दिनमा पनि सहकार्य गर्नुपर्ने बताउनुभयो । नगरउपप्रमुख शिवकुमारी थारुले रोटरीले नगरवासी हितमा काम गरेको बताउँनुभयो ।
पदभार ग्रहण गर्दै अध्यक्ष भट्टराई आगामि कार्ययोजनाको बारेमा जानकारी गराउनुभयो । उहाँले अबको एक वर्ष भित्र वृश्रारोपभा,कर तथा लेखा सम्बन्धि तालिम संचालन गर्ने,स्वास्थ्य शिविर,तौलिहवामा सेटेलाइन क्लब गठन,न्यानो कपडा बितरण लगाएतका कामहरु गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष महादेव पोख्रेल,तोयानाथ गैरे,प्रकाश पौडेलले नयाँ समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
प्रतिक्रिया