प्रदेश

मासिक ४ लाख तिरेर तिलोत्तमा झिलिमिली



बुटवल ४ साउन  । मासिक ४ लाख तिरेर झिलिमिली तिलेत्तमा बनाउने काम साउन १ वाट शुरु भएको छ । जसकाकारण अव रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगतको ६ लेन सडकमा अध्यारो नहुने भएको छ । सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडक खण्ड अन्तरगत उक्त क्षेत्रमा रातको समयमा सवारी चलाउदा समेत लाईट बाल्नै नपर्ने गरी सडक बत्ती बाल्न थालिएको छ ।सडक निर्माण संगै छेउछाउमा रोपिएका विरुवाले हरियाली बनेको बेलहिया बुटवल व्यापारिक मार्ग सडकवत्तिका कारण झिलिमिली बन्न थालेको हो ।

        सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका ड्राईभरटोलदेखि कोटिहवासम्मको सडक डिभाईडरमा अहिले विद्युतिय सडक बत्ति जडान गरेर बाल्न शुरु गरिएको छ ।पहिलो चरणमा निर्माण सम्पन्न भएको सडकमा जडान गरेका सौर्यबत्तिहरु टिकाउ नभएपछि पछी निर्माण गरिएको सडकमा सोलारबत्तिको स्थानमा विद्युतिय बत्ति जडान गरिएको हो ।सोहि अन्तर्गत ड्राईभरटोलदेखि कोटिहवासम्मको सडक डिभाईडरमा दुवैतर्फको सडकमा देखिने गरि विद्युतिय बत्ति जडान गरि साउन १ गतेदेखि नै बाल्न शुरु गरिएको हो ।

        सडक बत्ति बाल्न शुरु गरेपछि ड्राईभरटोलदेखि कोटिहवासम्मको सडक दिउसोको समयमा हरियालीमात्र होईन रातीमा पनि झिलिमिली बनेको छ । तिलोत्तमा नगरपालिकाको बुटवलतर्फको सिमाक्षेत्र योगिकुटीदेखि सिद्धार्थनगरतर्फको सिमाक्षेत्र कोटिहवासम्म १४ किलोमिटर ६ लेन सडकको डिभाईडर र दुवैतर्फको सर्भिसलेनमा विद्युतिय बत्ति जडान हुने छ ।

        अहिले पहिलो चरणमा ड्राईभरटोलदेखि कोटिहवासम्मको १० किलोमिटर क्षेत्रमा जडान भएर बत्ति बाल्न शुरु गरिएको छ । योगिकुटीदेखि ड्राईभरटोल सम्मको तिनकिलोमिटर र कोटिहवातर्फको एक किलोमिटर सडक क्षेत्रमा पनि विद्युतिय बत्ति जडान गर्ने प्रकृया शुरु गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।६ लेन सडक निर्माणको योजनामा सडकको डिभाईडरमा सौर्यवत्ति जडान गर्ने सम्झौता भएपनि यसअघि जडान गरिएका सौर्यवत्ति टिकाउ नभएपछि नगरपालिकाले विद्युत महशुल बुझाउने सम्झौता गरेपछि विद्युतिय बत्ति जडान गरिएका हुन् ।

        १४ किलोमिटर क्षेत्रमा बल्ने सडक बत्तिबाट विद्युत महशुलवापत मासिक ४ लाख रुपैयाको हाराहारीमा महशुल बुझाउनुपर्ने तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । “सडकमा सोलार बत्ति जडान गरेर करोडौं रुपैया खर्च गरिएपनि प्रभावकारी नभएपछि हामी आफैले महशुल बुझाउने सम्झौता गरि विद्युतिय बत्ति जडान गरिएको हो ” नगरप्रमुख घिमिरेले भने ।

        सडक निर्माणको ठेक्का सम्झौतासंगै सडक सोलार बत्ति जडानको लागि डिजाईन गरिएको भएपनि सोहि डिजाईन अनुरुप सोलारबत्तिको स्थानमा विद्युतिय बत्ति सम्झौता गरिएको जडान गर्न सिक्स लेन’ सडकको उत्तरी खण्डमा राखिएका सौर्यबत्ती प्रभावकारी नभएपछि बुटवल बेलहिया व्यापारिक मार्ग आयोजनाले २०७६ भाद्र १५ गते नरेन्द्र पीएसएस कम्पनी संग ठेक्का सम्झौता गरि ४ करोड १४ लाख ७१ हजार ३सय नब्बे रुपैयाँ९ भ्याट सहित० को लागतमा विद्युतीय बत्ती जडान गरेको हो 

        नगर भित्रको ६ लेन सडकमा व्यवस्थित बिजुली बत्तीको व्यवस्था भएपछि रातको समयमा पनि झिलिमिली सडकको रुपमा परिणत भएको छ । अहिले डिभाईडरमा बत्ति बाल्न शुरु भएको छ भने सर्भिस लेनमा पनि बत्ति जडान गरि अन्तिम चरणमा पुगेको छ ।नगरप्रमुख घिमिरले रातीको समयमा यात्रा गर्दा सडकमा धेरै दुर्घटना निम्तिएकोले सडकबत्ति बाल्न शुरु गरेपछि दुर्घटना तथा अन्य अपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास व्यक्त गरे ।

        सडकको बीचमा रहेको मुख्य डिभाइडरमा प्रत्येक ३० मिटरको दुरीमा फलामे पोल गाडेर सडकको दुवैतर्फ उज्यालो दिनेगरी १ सय ५० वाटका २ सय ८८ वटा बल्ब जडान गरिएका छन् । सर्भिस लेनमा भने दुवैतर्फ ४० वाटका ४ सय ९० वटा बल्ब राखिएका छन् ।सडक बत्ति जडानको ठेक्का सम्झौता गरेको नरेन्द्र पीएसएस जेभी काठमाण्डौले दुईवर्ष सम्म बत्ति तथा पोलको मर्मतसम्भारको जिम्मेवारी लिने छ भने बत्तिको महशुल भने नगरपालिकाले भुक्तानी गर्ने सडक आयोजनाले जानकारी दिएको छ ।सर्भिस लेनमा बालिने बत्तीको महशुल भने सम्बन्धित टोल विकास संस्थाले बेहोर्ने नगरप्रमुखले जानकारी दिए ।

         डिभाईडरमा जडान गरिएका वत्तिले पनि सडक वारिपारि उज्यालो दिने भएपनि ग्रिनरी बेल्टमा लगाईको विरुवा हुर्कदै जांदा सर्भिस लेनमा पनि छुट्टै बत्ति आवश्यक पर्ने भएकोले अहिले नै जडान गरिएको घिमिरेले बताए ।सडकमा जडान गरिएका बल्वहरु सेन्सरको माध्यमबाट अध्यारो भएपछि आफै बल्ने र उज्यालो भएपछि आफै बल्न छोड्ने छन् । त्यसको लागि डिभाइडरको लागि ५ तथा सर्भिसलेनको लागि १५ स्थानमा विद्युत् कन्ट्रोलर राखिएको विद्युत प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६