ब्रेकिंग न्युज

आजदेखि देशैभर भारी वर्षा हुने, साउन ९ सम्म सतर्क रहन अपिल



दाङ ४ साउन  । पुनः मनसुन सक्रिय भएसँगै आज (आइतबार)बाट देशका अधिकांश भूभाग भारी वर्षा हुने भएको छ । देशका देशभर मौसम बद्लि भइ सामान्यदेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार तराई भूभागदेखि केही दक्षिणतिर रहेको मनसुनी न्यून चापीय रेखा आज साझसम्म नेपाल प्रवेश गर्ने र मनसुन थप सक्रिय हुनेछ ।आज वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ।

                      भोलि सोमबारभने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।यो क्रम साउन ९ गतेसम्म कायम रहनसक्ने मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार मनसुन सक्रिय भएकाले झरी र भारी वर्षाको क्रम आगामी एक हप्ता कायम रहन सक्छ ।भारी वर्षासँगै विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ। आज रातिदेखि भने वर्षा बढ्ने भएकाले नदीको सतहसमेत बढ्नसक्ने हुँदा सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६