अर्थ-वाणिज्य

चोरी भएका ७२ लाख मूल्य बराबरको मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाए



सुनसरी ४ साउन । हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो ।दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ ।०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो ।असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । 

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६