मकवानपुर ४ साउन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आफ्नै घरमा हत्या भएकी कपिलबस्तुकी २२ बर्षिया सुष्मिता थापाको सम्झनामा सुष्मिता चोक नामाकरण गरिएको छ । कपिलवस्तुबाट गत बैशाखमा विवाह गरि गएकी थापाका श्रीमानको निधन भएको ८ महिना नबित्दै परिवारकै सदस्यहरु सासू ससूरा नन्दहरु मिलरे हत्या गरेका कारण अब यस्ता अपराधिक घटना नघटोस भन्दै सुष्मिता चोक नामकरण गरिएको कर्रा टोलविकास संस्थाकी अध्यक्ष चन्द्रकान्ता श्रेष्ठले बताउनुभयो । सुष्मिता मारिएको घटनाले शोकमा रहेको र हेटौँडाको लागि हेर्ने दृष्टिकोण नकारात्मक नपरोस भन्दै सुष्मिताको सम्झनालाई ताजा राख्न टोलबासीको सहमतीले सुष्मिता चोक नामाकरण गरिएको स्थानियहरुले बताएका छन्।
थापाको बीभत्स हत्यामा संलग्न दोषीउपर गरिएको बहस पछि हत्याको आरोपीत ४ जनालाई असार ३१ गते मकवानपुर जिल्ला अदालतलले पूर्पक्षको लागि जेल चलानको आदेश समेत दिएको छ भने साउन ३ गते सुष्मिता चोक नामकरण गएिको हो ।थापाको असार २ गते घरमा मृत अवस्थामा भेटिएपछि उनको हत्याको आरोपमा परिवारकै सदस्य ससूरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कान्छी नन्द सीता थापा र सासू तुलसा थापालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको थियो ।
लालखबर डटकमबाट
प्रतिक्रिया