कपिलवस्तु ५ साउन । सरकारले निति तथा कार्यक्रममा सबै एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउने भनी बोले पनि गृह मन्त्रालयबाट ६० वर्ष भन्दा कम उमेरका एकल महिलाको सामाजिक सुरक्षा भत्ता र भुपु सैनिकले पाउदै आएको सेवा कटौती गर्ने निर्णय प्रति नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
जिल्ला अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्रशाह विष्णु द्धारा जारी विज्ञप्तीमा सरकारले बोलेको कुरालाई गृह मन्त्रालयले हटाउन नहुने भन्दै निति तथा कार्यक्रममा राखेका विषयवस्तुलाई कार्यान्यन गर्न आग्रह गर्दछौ , विज्ञप्तीमा भनीएको छ ।
प्रतिक्रिया