पर्यटन

नमुना बालविकास केन्द्र बनाउनका लागि सहयोग जुटदै



कपिलवस्तु ५ साउन  सेतो गुराँस वालविकास सेवा कपिलवस्तुको नमुना प्रारम्भिक वालविकास केन्द्रका लागि सहयोगी हातहरु जुटिरहेका छन । नमुना केन्द्र बनाउनका लागि कपिलवस्तु नगरपालिका वडा नं ३ सिद्धार्थ टोलमा स्थानिय एवं समाजसेवी हरिराज शर्माले दश धुर जमिन निशुल्क दिए पछि भवन निमार्णका लागि सहयोगी हातहरु बढेका हुन । उक्त भवन निर्माण कार्य भैरहेको छ । भवन निमार्णका लागि सांसद  वृजेश कुमार गुप्ताले संसद विकास कोषबाट रु १० लाख वजेट सहयोग गर्नु भएको छ ।

             त्यस्तै समाजसेवी एवं संस्थाका  सदस्य कमला श्रेष्ठले भवन निमार्णको लागि रु ५१ हजारको चेक संस्थाका अध्यक्ष भोजराज खनाललाई हस्तान्तरण गर्नु भएको संस्थाका सदस्य तुल्शा अर्यालले जानकारी दिनु भयो । २ तले सुविधायुक्त नमुना केन्द्र बनाउनका लागि रु ६५ लाखको अनुमानित गरिएको बताउदै अध्यक्ष खनालले अनुमानित भन्दा  कम लगानीमा भवन बनाइने  बताउनु भयो । रु ५ हजार भन्दा माथि सहयोग गर्ने सहयोगी दाताहरुलाई शिलालेखमा नाम उल्लेख गरिने बताउनु भयो ।  २०५८ सालमा स्थापना भएको यस सेवाले ५ वर्ष देखि मुनिका वालवालिकाको चौतर्फी विकासका लागि प्रारम्भिक वालविकास केन्द्रहरुमा प्राविधिक सहयोग पुर्याउदै आएको थियो ।   

            संस्थाको  वैठक  तौलिहवामा बसेको थियो ।  अध्यक्ष भोजराज खनालको अध्यक्षतामा बसेको बैठकले विभिन्न योजनाहरु निमार्ण गरेको छ ।   हाल सम्म संस्थाले गरेका गतिविधिका बारेमा समिक्षा गर्दै आगामी दिनमा नमुना प्रारम्भिक बालविकास केन्द्रको निर्माणाधिन भवनलाई छिठो सम्पन्न गर्ने    बैठकले निर्णय गरेको संस्थाका फिल्ड संयोजक अनिता शर्माले जानकारी दिनु भयो ।  

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६