अर्थ-वाणिज्य

मल अभावले किसानलाई सास्ती ,खेती गर्न छाडेर जुलुश र धर्नाको स्थीति



चन्द्रौटा ५ साउन मलको अभाव भएपछि कपिलवस्तुका किसानहरुले मल  पाउनुपर्ने माग गर्दै प्रशासन कार्यलय पुगेका छन् ।  समयमै मल नपाउँदा किसानले रोपेको धान खेतमै मर्न थालेको भन्दै आवश्कता अनुसार मल किसानहरुलाई सरकारले पु¥याइदिनुपर्ने उनीहरुको माग रहेको छ । आईतवार जिल्लाका किसानहरुले ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । कोरोनाका कारण किसानहरु मर्कामा परिरहेको बेला मल नहुँदा अहिले अवस्था जटिल बनेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

        बैदेशिक रोजगारीमा गएका युवाहरु फर्किदै गर्दा उनीहरुलाई स्थापित गर्नुपर्ने बेलामा सामान्य मल नहुनु दुखत कुरा भएको उहाँले बतानुभयो ।अहिले सहकारी मार्फत मल वितरण भएको जानकारी गराउदै कतिपय वडामा सहकारी नहुँदा ति वडाका किसानहरुले मल नपाउने अवस्था भइरहेको बताउनुभयो । धेरै जग्गामा धान रोपेका किसानहरुलाई अहिले मल अभाव भएको कृषक तौलेश्वर चौधरीले बताउनुभयो ।

        किसानको पक्षमा सरकार नरहेको बताउँदै वर्षभरी खानपुग्ने खेतीकै अवस्था जटिल बन्ने अवस्था सिर्जना भएको चौधरीले बताउनुभयो । किसानहरुले बुझाएको ज्ञापन पत्रमा पेट्रोल पम्पहरुले निश्चित रकम लिने भएपनि प्रतिलिटरमा २ सय ग्राम कम हुने गरेकोले अनुगमन गर्न आग्रह गरेका छन् । ज्ञापन पत्र मार्फत किसानहरुले माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६