प्रदेश

नदीजन्य पदार्थ ढुवानी गर्दा सडक बिग्रियो ।



कपिलवस्तु
५ असार २०७७
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ को झिँगे खोलाबाट नदीजन्य पदार्थ निकासी गर्दा सडकको अवस्था दयनीय वनेको छ । वडा नं. ४ गेलवारको कालो पत्रे गरेको सडक समेत बिग्रिएको छ । काले पत्रे भएको सडकका दर्जनौँ स्थानमा भासिएको छ । धेरै ठाउँमा कालोपत्रे उक्किएर हिलो र खाल्टो परेको छ । रनगाई देखी टाकु बोक्टापुर खण्डको ग्राभेल सडक हिलाम्य बनेको छ ।



असारको अन्त्य तिर ओभर लोड गरी टिप्पर चल्दा सडक बिग्रिएको थियो । लगातारको वर्षामा टिप्पर चलेपछि स्थानीयले सास्ती खेप्नु परेको छ । वडा नं. ३ टाँकु तथा रनगाईका जनतालाई अहिले बाटोमा यात्रा गर्न अप्ठेरो परेको छ । स्थानीय नारायण वेल्वासेका अनुसार पैदल, मोटरसाइकल र साइकलमा यात्रा गर्न गारो भएको छ । बाटोमा ठुला ठुला खाल्टा परेका छन् । पानी जमेर हिलो भएको छ । बाटो चिप्लो भएर हिँडडुल गर्न समेत गारो छ ।
टिप्परले सडकमा क्षति पुराउँदा स्थानीय सरकारले चासो नलिँदा जनताले दुखेसो पोखेका छन् । सामाजिक सञ्जालमा पटक पटक सडकको विषयमा उठान समेत भएको थियो । स्थानीयले सामाजिक सञ्जालमा आक्रोश पोखे पनि सरोकारवाला निकायमा पहल भने गरेका थिएनन् ।


प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६