प्रदेश

तौलिहवा हुलाकी सडक स्त्तरोन्नती रोक्न फेरी अर्को अल्पकालीन आदेश



तौलिहवा ५ असार । उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले रिट निवेदकको घर लगायतका संरचना भत्काउने कार्य नगर्नु नगराउनु भनी बिपक्षीका नाममा फेरी अर्को  अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।उच्च अदालत बुटवल ईजलासका न्यायाधिस बाबुराम रेग्मीको एकल ईजलासले निषेधाज्ञा उत्प्रेषण परमादेश समेतको मुद्दा उपर सुनुवाई गर्दै रिट निवेदक र बिपक्षी गरि दुई पक्ष बिच २०७७ श्रावण १२ गते छलफल नभए सम्मका लागी सो अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । 

  नेपाली कांग्रेसका नेता समेत रहनु भएका सुरेश प्रसाद शर्माले प्रशासन कार्यालयलाई समेत कपिलवस्तु नगरपालिका कार्यालय, पश्चिमाञ्जल सडक डिभिजन कार्यालय र हुलाकी सडक परियोजनालाई बिपक्षी बनाई निषेधाज्ञा, उत्प्रषेण र परमादेश मुद्दामा सो आदेश दिईएको हो । यस अघि  रोहित प्रसाद उपाध्याय र कालीपद शर्मा (जानशन) ले दिएको रिट निबेदनमा समेत यस्तै  आदेश दिईएको थियो । 

अदालतले जारी गरेको अल्पकालिन अन्तरिम आदेशमा यसमा के कसो भएको हो ? निवेदकको निवेदनमा माग भए बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत साथै राखी म्याद सुचना प्राप्त भएको मितिले बाटाका म्याद बाहेक १५ दिन भित्र बिपक्षी नम्बर १ र २ का हकमा उच्च सरकारी वकिल कार्यालय बुटवल मार्फत र बिपक्षी नम्बर ३ र ४ को हकमा आफै वा कानुन बमोजिमको प्रतिनिधी मार्फत लिखित जवाफ लिई आउन आदेश दिईएको छ । 

साथै निवेदकले अन्तरिम आदेशको समेत माग गरेको सम्बन्धमा बिचार गर्दा, कपिलवस्तु नगरपालिका कार्यालय कपिलवस्तु तौलिहवाबाट टोलबासी समेतको उपस्थितीमा २०५९÷१२÷१४ को निर्णय अनुसार मुल सडक केन्द्रबाट ८ मिटर भित्र पर्ने संरचना हटाउने सुचना प्रकाशन भएको देखिन्छ आदेशमा छ ।आदेशमा पुनः लेखिएको छ, अहिले कपिलवस्तु नगरपालिका नगर प्रमुखबाट सडक केन्द्रबाट दुबै तर्फ १५ मिटर पर्ने भौतिक संरचना हटाउने बिषयको प्रेस बिज्ञप्ती २०७७ अषाढ ३० मा जारी भएको भन्ने कुरा रिट निवेदन साथ पेश भएको प्रतिलिपीबाट देखियो । सडक बिस्तारका लागी निवेदकहरुको सहमती लिईएको छ वा छैन भन्ने समेतका बिषयमा दुवै पक्ष राखी छलफल गराएर मात्र अन्तरीम आदेश जारी गर्नु पर्ने हो होईन भन्ने बिषयको निष्कर्षमा पुग्न उपयुक्त देखिएकाले दुई पक्ष बिच २०७७ श्रावण १२ गते छलफलको मिती तय गरिएको आदेशमा प्रष्ट पारिएको छ । 

उता सुरेश शर्माले आफनो घर २०३० साल भन्दा अघि बनेकोले सोही अनुसार कार्यान्वय हुनु पर्ने माग गरेकाछन् । शर्माका काका सहीत केही ब्यक्तिहरुको घर २०३० साल अघि बनेको स्थानीय बताउछन । अदालतको अल्पकालीन आदेश भए पनि निबेदकहरु बाहेक अन्यले तौलिहवामा सडक क्षेत्र भित्र पर्ने संरचनाहरु धमाधम आफैले भत्काउन थालेका छन । अहिले जमुहार देखि नयाटोल हुदै भिक्षु चोक सम्म स्थानीयले आफै संरचनाहरु भत्काई रहेका छन । नगरपालिकाले डोजर लगाएर भत्काउने काम जारी नै राखेकोछ । 

प्रकाशित : ५ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६