कपिलवस्तु ६ साउन ।डिभिजन बन कार्यालय कपिलवस्तुले यसबर्ष प्रदेश सरकारको बन तथा उद्योग पर्यटन मन्त्रालय र संघिय सरकारको शशर्त अनुदान गरि ६५ लाखको बिरुवा उत्पादन र खरिद गरेको छ । जस अन्तर्गत २ लाख ३३ हजार ४ सय ७० संख्यामा जडिबुटी, फलफूलकाका बिरुवा उत्पादन र खरिद गरिएको हो । यसबाहेक बन तथा भूसंरक्षणको अनुदानमा समेत बिरुवा उत्पादन गरि वितरण गरिएको छ ।
२५ लाख ५५ हजारको बजेटमा ४ लाख ३२ हजार ५ सय बिरुवा उत्पादन भएको डिभिजन वन कार्यालय तौलीहवाले जनाएको छ । स्तै डिभिजन गौतम बुद्ध बन कार्यालयले डिभिजन अन्र्तगतका ३ वटा साझेदारी वन ब्यवस्थापन समूहले २ लाख ७५ हजार गोटा बिरुवा उत्पादन गरेर वितरण कार्य श्रावण पहिलो हप्ताबाट शुरुवात गर्ने लक्ष्य लिएको छ ।
यस्तै डिभिजन वन कार्यालय अन्र्तगतको ३ वटा नर्सरीमा २ लाख ९७ हजार ५ सय गोटा तथा २ वटा निजी वन नर्सरीलाई अनुदान उपलब्ध २० हजार गोटा गरी ३ लाख १५ हजार ५ सय गोटा बिरुवा उत्पादन गरिएको वन कार्यालयल गौतमवुद्धले जनाएको छ । स्थानियस्तरमा बिरुवाको माग र आपूर्तिको अवस्थालाई मध्यनजर गर्दै बिरुवा उत्पादन गरिएको हो ।
प्रतिक्रिया