बुटवल साउन ६ ।
गएराती आएको लगातारको वर्षाले सिद्धवावा मन्दीरमा पहिरोको जोखिममा परेको छ । रातभरको अविरल बर्षासंगै पहिरो गएपछि सिद्धवावा मन्दीर वरीपरीको भाग पहिरलोले पुरीएको छ । यो
संगै रातभरको बर्षाले सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डका
बिभिन्न ठाउँमा पहिरो खसेको सिद्धवावा मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष
दल बहादुर गुरुङ्गले बताए ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर,
कदमवास, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी,
गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले
जनाएको छ । पहिरोका कारण अवरुद्ध सडक सुचारु गर्न र खसेका पहिरो
पन्छाउन दिनभर लाग्नसक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी
उपरिक्षक दिपक खरेलले बताए ।
यसैगरी अबिरल बर्षाले पाल्पा र गुल्मीका
बिभिन्न ग्रामिण सडकहरु अवरुद्ध हुनुका साथै पाल्पाबाट स्याङ्जा, रामपुर
हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ । पाल्पाको
तिनाउ गाउपालिका वडा नं ३ दोभान बजारमा राजमार्ग किनारमा रहेका सीता
कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब–डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत,
राजबहादुर श्रेष्ठ लगायतका घर जोखिममा परेका छन । समयचक्रबाट साभार
photo credit : DB Gurung
प्रतिक्रिया